फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालु आर्थिक वर्षको तीन महिनामा आठ हजार भन्दा बढी पर्यटकद्वारा गोरखा सङ्ग्रहालयको अवलोकन

(GMT+08:00) 2013-10-29 19:02:04

             चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा आठ हजार 1 सय 38 जनाले गोरखा सङ्ग्रहालयको अवलोकन गरेका छन्।

            साउनमा तीन हजार 2 सय 30, भदौमा दुई हजार 5 सय 15 र असोजमा दुई हजार 3 सय 83 जनाले सङ्ग्रहालयको अवलोकन गरेका हुन्।

             अवलोकन गर्नेहरुमा तीन हजार 9 सय 5विद्यार्थी, चार हजार 51 नेपाली, सार्क राष्ट्रका आठ र अन्य देशका 1 सय 64पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका सङ्ग्रहालय प्रमुख करुणा राईले जानकारी दिनुभयो ।

             सङ्ग्रहालय घुम्न आएका आन्तरिक तथा बाहृय पर्यटकबाट मात्रै तीन महिनाको अवधिमा करिब रु 60 हजार राजस्व सङ्कलन भएको सङ्ग्रहालयले जनाएको छ। विद्यार्थी, नेपाली, सार्क र अन्य राष्ट्रका पर्यटकसँग सङ्ग्रहालयले प्रवेश टिकटमा फरक फरक शुल्क लिँदै आएको छ। हिउँदयामसँगै शैक्षिक भ्रमणको याम सुरु भएकाले अब शैक्षिक भ्रमण आउनेको सङ्ख्या अझै बढ्ने सङ्ग्रहालयले जनाएको छ।

           संग्रहालयमा राखीएको शाहवशींय इतिहास झल्कने सामाग्री, पुराना हात हतियार, भाडाकुडा लगायत जिल्लाका सांस्कृतिक परिचय झल्कने सामाग्री पर्यटकको आकर्षणको केन्द्र रहेका छन् । संग्रहालय ग्यालरीमा यो वर्ष 25 वटा तस्वीर थप गरिएको छ। शैक्षिक भ्रमणमा आउने बसहरु दैनिक दर्जनको संख्यामा हुने गरेको छ। यसैवीच गोरखाबाट शैक्षिक भ्रमण जानका लागि 25 विद्यालयले अनुमति लिएको जिल्ला शिक्षा कार्यालय गोरखाले जानकारी दिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह