फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा फूलको मूल्य बढ्ने

(GMT+08:00) 2013-10-29 19:02:48

         नेपालीहरुको नजिकिंदै गरेको तिहार पर्वका बेला भारतमा फूलको मूल्य बढेको कारण यस पालिको तिहारमा गत वर्षभन्दा थोरै माला भित्रने अनुमान गरिएको छ।

          व्यापारीले भारतबाट एक लाखको हाराहारी सयपत्री माला भित्राउने तयारी गरेका छन् । भारतमा आँधीबेहरीले सयपत्री फूलमा नोक्सान पुगेकाले त्यहाँ मूल्य बढेको छ। गत वर्ष दुई लाख माला भित्राइएको थियो।

         गत वर्ष प्रतिमाला थोक मूल्य 12 देखि 15 रुपैयाँ परेकोमा यस पटक 35 देखि 40 पुग्ने अनुमान व्यापारीले गरेका छन्। नेपाली उत्पादकले पनि भारतीय मूल्य हेरेर यहाँ मूल्य तय गर्ने गर्दछन्। भारतमा सयपत्रीको मूल्य बढेका कारण नेपालका व्यवसायीले मूल्य बढाएर लाभ लिने मौका पाएका छन्।

           मखमली फूल तिहारमा मात्र प्रयोग हुने हुँदा भाइटीकाको दिन नजिकिंदै जाँदा सस्तो हुने गर्दछ । सयपत्री भने पछि पनि बिक्री हुने भएकाले मूल्य खासै घट्दैन। मखमली लामो समय नओइलाउने भएकाले व्यवसायीहरुले साउन-भदौबाटै माला उनेर भण्डारण गर्ने गर्दछन्।

           मखमली र गोदाबरी फूल उत्पादनमा नेपाल आत्मनिर्भर भएकाले आयात गर्न आवश्यक नभएको फ्लोरिकल्चर एसोसिएसन -फ्यान) का महासचिव दिलिप बादेले बताउनुभयो। तिहारको समय सयपत्रीको 2 करोड र मखमलीसहित अन्य फूलको 1 करोड रुपैयाँको माला खपत हुने अनुमान गरिएको छ।

         अघिल्ला वर्ष भारतबाट आवश्यकताभन्दा बढी फूल आयात हुने गरेको बताउँदै बादेले अहिले मूल्य बढेको कारण व्यापारीहरुले जोखिम कम गर्न थोरै आयात गर्ने हुँदा स्वदेशी उत्पादनलाई बजार पाउन सजिलो हुने आशा व्यक्त गर्नुभयो। करिब 3 करोडको फूलमालामा 70 प्रतिशत माग स्वदेशी उत्पादनले धान्ने उहाँले बताउनुभयो।

           गत वर्ष 30/35 रुपैयाँ रहेको मालाको खुद्रा मूल्य यस पालि 50/60 सम्म पुग्न सक्ने उहाँको अनुमान छ। यद्यपि सरकारी अनुगमन नभएका कारण खुद्रा बिक्रेताले चर्को मूल्यमा माला बिक्री गर्ने गरेको गुनासो सर्वसाधारणले गर्ने गरेका छन् ।

         नेपालमा गत आर्थिक वर्षमा 1 अर्ब 5 करोड रुपैयाँको फूल व्यापार भएको थियो फ्यान सदस्यहरुले दिएको विवरणको आधारमा उक्त तथ्यांक आएको हो विवाह र अन्य उत्सवमा सजावटको लागि प्रयोग हुने कट फ्लावरको कारोबार तथ्यांक काठमाडौंमा रहेका पाँच होलसेलरबाट लिने गरिन्छ।

           अनलाईन खबरले सम्प्रेषण गरेको समाचार अनुसार हालसम्म 36 जिल्लामा लगभग 636 पुष्प र्फम/नर्सरीबाट 120 हेक्टर क्षेत्रफलमा पुष्प खेती गरिएको सरकारी तथ्यांक छ । गत आवमा लगभग 2 करोड 95 लाख बराबरको पुष्पजन्य वस्तु विदेश निर्यात भएको छ भने 3 करोड 31 लाख बराबरको आयात भएको छ। यस अलावा पर्व र पूजाआजामा प्रयोग हुने फूलको खेती घरघरमा गर्ने प्रचलन रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह