फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरान र अन्तर्राष्ट्रिय पारमाणिक ऊर्जा एजेन्सीबीचको आणविक समस्यासम्बन्धी वार्ता निरन्तर

(GMT+08:00) 2013-10-29 19:04:27

           अक्टोबर 28 तारिख दिउँसो अन्तर्राष्ट्रिय पारमाणिक ऊर्जा एजेन्सी र इरानले अस्ट्रियाको राजधानी भियनामा इरानको आणविक समस्यासम्बन्धी जाँचबुझ सम्झौताका लागि बाह्रौं चरणको वार्ता आयोजना गरेका छन्।

            इरानको नयाँ सरकारले पद सम्हालेयता धेरै पटक गरी कूटनैतिक बाटोमार्फत आणविक समस्याको समाधान गर्ने दोहोर्‍याएको छ। इरानको यस्तो सक्रिय प्रतिक्रियाको अन्तर्राष्ट्रिय पारमाणिक ऊर्जा एजेन्सीले पनि स्वागत गरेको छ। यसै महिनाको 30देखि 31तारिखसम्म सात जनाद्वारा गठित इरानी विशेषज्ञ टोलीले आणविक समस्या सम्बन्धी छ मुलुकसँग वार्ता गर्ने योजना रहेको छ। यस वार्ताले आउने महिना जेनेभामा आयोजना हुन लागेको नयाँ चरणको आणविक समस्या वार्तामा प्रभावकारी प्रगति हासिल गर्न पूर्वाधार सिर्जना गर्ने टिप्पणी गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह