फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ब्रिक्स मुलुकका कृषि मन्त्रीबीच खाद्यान्न सुरक्षाबारे छलफल

(GMT+08:00) 2013-10-30 19:02:20

          ब्रिक्स मुलुकका कृषि मन्त्रीबीचको तेस्रो बैठक 29तारिखदेखि दक्षिण अफ्रिकामा सुरु भएको छ। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका कृषि मन्त्रीहरुले विश्व खाद्यान्न सुरक्षामा जलवायु परिवर्तनको प्रभावबारे छलफल गरेका छन्।

          सोहि दिन विभिन्न पक्षले संयुक्त वक्तव्यमा हस्ताक्षर पनि गरेका छन्। उक्त वक्तव्यका अनुसार, पाँच मुलुकले कृषि र ग्रामीण क्षेत्रको विकासमा सहयोग गरेर साझा हितको आधारमा चुनौतिको सामना गर्ने उपाय खोज्नेछन्।

           चीन अन्न उत्पादन तथा उपभोग गर्ने ठूलो मुलुक हो। ब्रिक्स मुलुकको सहयोगमार्फत विश्वव्यापी कृषि उत्पादनको विकास र विश्व खाद्यान्न सुरक्षा समस्याको समाधान गर्ने आशा चीनले गरेको बैठकमा सहभागी हुनुभएका चिनियाँ कृषि मन्त्री हान छाङ्ग बिनले बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह