फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अस्ट्रिच चराको अन्डाको खोलमा र बुद्ध र लुम्बिनीको प्रतिविम्ब

(GMT+08:00) 2013-10-30 19:04:49

            कलाको माध्यमबाट बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने उद्देश्यले नेपालमा कहलिएका चित्रकारले लुम्बिनी क्षेत्रमा अस्ट्रिच चराको अन्डाको खोलमा र बुद्ध तथा उनको जीबनीमा आधारित विभिन्न स्थलहरूको क्यानभास उतारेका छन्।

           ललितकला क्याम्पसबाट चित्रकलामा स्नातकोत्तर गरेको 18 जनाको समूहले 3 दिनसम्म अस्ट्रिच चराको अन्डाको खोलमा बुद्ध र बुद्धसँग सम्बन्धित विभिन्न घटना, नेपालको प्राकृतिक दृश्य र सांस्कृतिक धरोहरलाई कोरेका छन्।

           स्प्रेक्ट्रम नेपालको आयोजना तथा अस्ट्रिच नेपाल प्रालि रुपन्देहीको संयोजनमा भएको कार्यक्रमको पहिलो चरणमा लुम्बिनीमा र दोस्रो चरण अस्ट्रिच फर्म गंगोलिया रुपन्देहीमा कलाकारहरूले बुद्ध जन्मस्थल लुम्बिनीमा चित्रकला कार्यशाला आयोजना गर्दै बुद्ध जीवनीमा आधारित स्थललाई विभिन्न प्राकृतिक तथा धरोहरसँग संयोजन गरी 2 दर्जनभन्दा बढी क्यानभासमा उतारेको स्प्रेक्ट्रम नेपालका अध्यक्ष इन्द्रबहादुर खत्रीले बताउनुभयो। "हामीले नयाँ प्रयोग गरेका छौं," उहाँले भन्नुभयो, "नेपाल आउने पर्यटकले अब उपहारका रूपमा अस्ट्रिचको अन्डाको खोलमा कोरिएका कलाकृति पनि खरिद गरेर लैजान सक्छन्।"

          अब लुम्बिनीमात्र नभई देशका अन्य स्थलमा जाने पर्यटकले पनि मायाको चिनोको रूपमा यी सामग्री खरिद गरी लान सक्ने संस्थाका सहसचिव तथा कलाकार रामकृष्ण थापाले बताउनुभयो। "1 सय 10 वटा भन्दा बढी अन्डाको खोलहरूमा बुद्ध जीवनीमा आधारित स्थल, भावना, देशका अन्य धार्मिक तथा सांस्कृतिक स्थल, चराचुरुंगी, हिमाल, पहाड, वनजंगललगायतको संयोजन चित्रमा छ।" अन्डाको खोल अलि चिल्लो हुने भएकाले एक्रेलिक रंग प्रयोग गरिएको उहाँले बताउनुभयो।

            कलाकारहरूले मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुस्करनी कुन्ड, अस्ट्रिच चरा, बौद्धनाथ, पशुपतिनाथ, गणेश, भैरव, शिव, माछापुच्छ्रे हिमाल, वनजंगल, नदीलगायतका प्राकृतिक छटालाई सुन्दर कलाकृतिमार्फत अन्डाको खोल र क्यानभासमा उतारेको सहयोगी संस्था अस्ट्रिच नेपालका अध्यक्ष सीपी शर्माले बताउनुभयो। "हाम्रो मुख्य उद्देश्य भनेको लुम्बिनी र बुद्धको अन्तर्राष्ट्रियस्तरमा प्रचार हो," उहाँले भन्नुभयो, "बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने मान्यताको बिश्वव्यापी प्रचारका लागि यो महत्वपूर्ण हुनेछ।"

            अन्डामा कोरिएका तस्बिर प्रचारका लागि राष्ट्रिय तथ अन्तराष्ट्रियस्तरमा प्रदर्शनी गरिने शर्माले जानकारी दिनुभयो। "पछि तीनै तस्बिर पर्यटकलाई लुम्बिनी र नेपालको कोसेलीका रूपमा बिक्री गर्ने योजना छ," उहाँले भन्नुभयो।

           अन्डाको खाली खोलको मूल्य 1 हजार छ भने कलाकृति गरेपछि कम्तिमा 5 हजारदेखी 50 हजारसम्म पर्ने कलाकारहरूले बताएका छन्। अस्ट्रिच नेपालले 1 वर्षभित्रमा 10 हजार कलाकृति कोरिएका अन्डाको खोल उपहार प्रयोजनका लागि बजारमा ल्याउने जनाएको कारोबार अनलाईनमा खबर छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह