फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा संविधान सभा निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीद्वारा थप 11 जिल्लामा बेसक्याम्प स्थापना

(GMT+08:00) 2013-10-30 19:06:22

          निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीले थप 11 जिल्लामा बेसक्याम्प राखेको छ। यसअघि 55 जिल्लामा रहेको सशस्त्र बेसक्याम्प अब 66 जिल्लामा विस्तार भएको छ।

          सशस्त्रका प्रवक्ता सिंहबहादुर श्रेष्ठका अनुसार मकवानपुर, धादिङ, सिन्धुली, रोल्पा, प्यूठान, कालिकोट, मुगु, जाजरकोट, रुकुम, म्याग्दी र बाजुरामा बेसक्याम्प थपिएको हो।

           ती जिल्लामा प्रत्येक क्षेत्रमा निर्वाचन क्षेत्र सुरक्षा बेसक्याम्प पनि छ । श्रेष्ठका अनुसार जिल्लामा डीएसपी र निर्वाचन क्षेत्रमा प्रहरी निरीक्षकले नेतृत्व गरेका छन्।

           काठमाडौं, भक्तपुर र ललितपुरमा दुई निर्वाचन क्षेत्रका लागि एउटा सशस्त्र बेसक्याम्प छ। सशस्त्र प्रहरीले 16 वटा अति संवेदनशील जिल्लाको 78 निर्वाचन क्षेत्र र संवेदनशील मानिएको 24 जिल्लामा 83 निर्वाचन क्षेत्रमा आफ्नो जनशक्ति परिचालन गरेको छ। त्यसबाहेक आफ्नो इकाई भएको क्षेत्रमा पनि सशस्त्र प्रहरी परिचालित रहेको इकान्तिपुर अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह