फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आन्तरिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय गरी तीन तहमा सिरिया समस्याको समाधान गर्नुपर्ने चीनका परराष्ट्र मन्त्रीको भनाई

(GMT+08:00) 2013-10-31 11:22:15

        फ्रान्सको भ्रमणमा रहनुभएका चीनका परराष्ट्र मन्त्री वाङ यिले अक्टोबर तीस तारिख सिरिया समस्यामा चीनको अवधारणाबारे प्रकाश पार्नुभएको छ। वाङले राजनैतिक उपाय सिरिया समस्या समाधान गर्ने एकमात्रै‍ उपाय भएकोमा जोड दिंदै सिरियाको आन्तरिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय तह गरी तीन तहमा समाधानको उपाय खोजिनुपर्ने बताउनुभयो। उहाँले सिरिया समस्यासम्बन्धी दोस्रो जेनेभा सम्मेलन सकेसम्म छिट्टै आयोजना प्रक्रिया अघि बढाउनुपर्ने र जेनेभा विज्ञप्तिलाई चौतर्फी रुपमा व्यवहारमा उतार्नुपर्ने कुरामा पनि जोड दिनुभएको छ।

        परराष्ट्रमन्त्री वाङ्गले सिरिया समस्यासम्बन्धी राजनैतिक प्रक्रिया र रासायनिक हतियार नष्ट पार्ने कार्य एकै साथ अगाडि बढाइनुपर्ने र चीनले यसमा सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्ने पनि स्पष्ट पार्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह