फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी "जासुसी प्रकरण" अझ चर्कंदै

(GMT+08:00) 2013-10-31 11:53:46

         हाल अमेरिकाको "जासुसी प्रकरण" निरन्तर रुपमा चर्कंदैआएको सिलसिलामा अन्तर्राष्ट्रिय समाजले पनि त्यसको चर्को विरोध गरेको छ।

         संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ताले अक्टोबर तीस तारिखका दिन जनाउनुभए अनुसार, संयुक्त राष्ट्र संघले आफूलाई अमेरिकी जासूसी विभागद्बारा निगरानी गरिएको विषयबारे अमेरिकासँग सम्पर्क राखेको छ। यस सम्बन्धमा अमेरिका सरकारले कहिल्यै पनि संयुक्त राष्ट्र संघको टेलिकमको निगरानी नगरेको र भविष्यमा पनि नगर्ने प्रतिवद्धता जनाइसकेको छ।

         प्राप्त अर्को समाचार अनुसार, हाल ब्राजिल र जर्मनीले विभिन्न देशका नागरिकहरूको टेलिकम र नेटवर्कको गोपनीयताको अधिकार प्रत्याभूत गर्न आग्रह सहित संयुक्त राष्ट्र संघको महासभासमक्ष पेश गरिने एउटा निर्णय-प्रस्तावको मस्यौदाको तर्जुमा गरिरहेका छन्।

         यसका अतिरिक्त पोल्याण्ड्का विदेश मन्त्री रादोस्लाव सिकोर्सकीले अक्टोबर तीस तारिखका दिन अमेरिका सरकारले जासुसी प्रकरणबारे स्पष्ट ब्याख्या गर्नसक्ने आशा पोल्याण्डले गरेको बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह