फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

देश विदेशका उद्योग-व्यवसायहरु शांगहाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रमा

(GMT+08:00) 2013-10-31 18:48:46

        गत सेप्टेम्बर 29 तारिखमा शांगहाई स्वतन्त्र व्यापार परीक्षण क्षेत्र अनावरण भएको मितिले हालसम्म एक महिना पूरा भैसकेको छ। हाल शांगहाई स्वतन्त्र व्यापार परीक्षण क्षेत्रमा सहभागि भएका उद्योग-व्यवसायहरुले विभिन्न नीति र नियम चुस्तदुरुस्त सार्वजनिक हुने आशा गरेका छन्।

        शांगहाई नगरको उद्योग तथा वाणिज्य व्यूरोले सार्वजनिक गरेको सूचनाअनुसार, अक्टोबरका अघिल्ला सत्ताईस दिनमा शांगहाई स्वतन्त्र व्यापार परीक्षण क्षेत्र शाखाले दुई सय आठ वटा उद्योग-व्यवसायलाई उद्योग तथा वाणिज्यमा दर्ता गरेको छ। तीमध्ये एक सय अठासी वटा उद्योग-व्यवसाय स्वदेशी उद्योग-व्यवसाय हुन् र बीस वटा विदेशी पूंजीबाट संचालित उद्योग-व्यवसाय हुन्।

        विश्वको प्रसिद्ध धब्बारहित पाता कच्चा-पदार्थ उद्योग-व्यवसाय औटोकुम्पु समूह स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्र अनावरण भएको सोही दिन दर्ता गरिएका पहिलो खेपका उद्योग-व्यवसायहरुमध्येको एक हो। सो समूहअन्तर्गत एशिया प्रशान्त शाखाका कर महाप्रबन्धक चौ हाई रिले स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रको विशेष नीतिले चीनमा आफ्नो समूहको विकासलाई अगाडि बढाउनसक्ने अपेक्षा लिनुभयो।

       "स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रबारे उद्योगी-व्यवसायीहरुको उच्च अपेक्षा छ। ठोस नियम तीब्र रुपमा सार्वजनिक हुने सबैको इच्छा छ।"

        अझै ठोस नियम सार्वजनिक भएको छैन तर उद्योग-व्यवसायहरुले स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रको सुधार योजनाबारे जानकारी लिएपछि भावी विकासको नयाँ सुअवसर देखेका छन्। स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रमा पहिलो खेपमा दर्ता भएको अर्को उद्योग-व्यवसाय अर्थात् शांगहाई युन लि कन्टेनर कम्पनी लिमिटेडका महाप्रबन्धक फु वै चुङले स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रमा पहिलो खेप तैनाथ भएको कारण उहाँको कम्पनी निकै परिचित भएको र विगत एक महिनादेखि यता धेरै देशविदेशका उद्योग-व्यवसायहरुले उहाँको कम्पनीसँग व्यापारिक मामिलाबारे छलफल गर्न आएको कुरा बताउनुभयो। हाल शांगहाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रको बैकिङ नियम सकेसम्म छिटो सार्वजनिक हुने अपेक्षा उहाँले पनि गर्नुभएको छ।

       "भविष्यमा हाम्रो कम्पनीको मुख्य कार्य हवाई ढुवानीको सेवा व्यवसाय हुनेछ। स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रको बैकिङ सुधार क्रमशःगहन हुनुका साथै हामीले भविश्यमा ग्राहकहरुलाई अझै बढी बैकिङ सेवा दिने छौं।"

       औटोकुम्पू समूहले एशिया प्रशान्तको मुख्यालयलाई हंगकंगबाट शांगहाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रमा सारेको छ। चौले भन्नुभयो

       "हंगकंगको सबैभन्दा स्पष्ट विशिष्टता भनेको विदेशी मुद्राको श्रेष्ठता हो। तर विकासको प्रक्रियाबाट हेर्दा हंगकंगभन्दा शांगहाईको श्रेष्ठता अझै ठूलो हुनेछ। मेरो विचारमा शांगहाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रको सुधारले हंगकंग र सिंगापुरलाई केही धक्का पुर्‍याउनेछ। ठोस नियम सार्वजनिक भएपछि सिंगापुर बजारमा केही धक्का लाग्नेछ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह