फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न देशले आफैंले बनाएको मानव अधिकार विकास मार्गचित्रको सम्मान गर्नुपर्ने चिनियाँ प्रतिनिधिको भनाइ

(GMT+08:00) 2013-11-01 17:32:45

          संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय प्रतिनिधि वाङ्ग मिनले मानव अधिकारको सँरक्षण गर्नु र त्यसलाई अघि बढाउनु नै मानव जातिको साझा लक्ष्य भएको बताउनुभएको छ। अक्टोबर एकतीस तारिखका दिन उहाँले विभिन्न देशहरु आफैंद्बारा रचिएको मानव अधिकारको विकासको मार्गलाई सम्मान गर्नुपर्ने कुरा औंल्याउनुभयो।

          सामाजिक मामिला र मानवीय समस्या सम्बन्धी संयुक्त राष्ट्र संघको महासभाको तेस्रो परिषद्ले एकतीस तारिखका दिन आयोजना गरेको मानव अधिकार विषयक सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ प्रतिनिधि वाङ्गले उक्त भनाइ व्यक्त गर्नुभएको हो।

           चीन सरकारले सक्रियताका साथ अन्तर्राष्ट्रिय मानव अधिकार क्षेत्रको आदान-प्रदान र सहयोगमा भाग लिनुका साथै छब्बीसवटा अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिको अक्षरश:पालना गर्दैआएको कुरामा पनि प्रतिनिधि वाङ्गले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह