फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापान र रुसद्बारा "2 जोड 2"बैठकको आयोजना

(GMT+08:00) 2013-11-02 18:00:37

           जापान र रुसले नोभेम्बर दुई तारिखका दिन जापानको राजधानी टोकियोमा पहिलो विदेश मन्त्री र रक्षा मन्त्री स्तरीय बैठक अर्थात्"2 जोड 2"बैठकको आयोजना गरेका छन्। यसप्रति केही जापानी सञ्चार माध्यमले तथाकथित"जापान र रुसले चीनमाथि संयुक्त प्रतिरोध गर्ने"भन्ने अवधारणालाई बङ्ग्याउन थालेको पाइएको छ। तर पनि जापानी सञ्चार माध्यमबाट प्रेषित समाचारको तत्कालै चीन र रुसद्वारा खण्डन गरिएको छ।

           यस वर्षको अप्रिलमा जापानी प्रधानमन्त्रीले दश वर्षपछि रुसको पहिलो औपचारिक भ्रमण गर्नुभएको थियो। उक्त भ्रमणमा जापान र रुसले "2 जोड 2" बैठकको संयोजन प्रणालीको स्थापना गर्नेमा सहमति हासिल गरेका थिए। केही जापानी सञ्चार माध्यमको विचारमा यस बैठक जापान र रुसबीचको सम्बन्धलाई मजबुत बनाउने मात्र नभई भौगोलिक समस्यको समाधानका लागि पनि हितकर हुनेछ। यसप्रति रुसको परराष्ट्र मन्त्रालयका उपमन्त्री मोर्गुलोभ लगोरले चीन र रुस रणनैतिक सहयोगात्मक साझेदार हुन् भने यस बैठकमा जापानसँग चीन सम्बन्धी समस्याबारे छलफल नगर्ने कुरा गम्भीर रुपमा प्रकट गर्नुभएको छ।

             साथै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता व्हा छुन यीङ्गले पनि चीन र रुसबीचको चौतर्फी रणनैतिक साझेदारी सम्बन्धको विकास कुनै पनि विदेशी शक्तिबाट प्रभावित नहुने विचार व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह