फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शनिवार यम पञ्चकको दोस्रो दिन कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदै

(GMT+08:00) 2013-11-02 18:05:52

           यम पञ्चकको दोस्रो दिन शनिवार कुकुरको पूजा जरी कुकुर तिहार मनाइएको छ। काग पूजा गरेर शुक्रबारदेखि तिहारको सुरुवात भएको थियो।

           कार्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार भन्दै इमान्दार, स्वामीभक्त र भैरवको बाहनका रूपमा समेत परिचित कुकुरलाई मिष्ठान्न, खानेकुरासहित फूलमाला र टीकाले पूजा गरिन्छ। स्कन्दमहापुराण वैष्णवखण्ड कार्तिकमासमहात्म्यमा कालो र रंगीविरंगी (चितला) दुई कुकुर मृत्युदेवका छोरा र यमराजका सेवकलाई दीपदान गरेमा यमराज खुसी हुने उल्लेख छ।

           नरक चतुर्दशी पनि भनिने यस दिन तारा नअस्ताउँदैको बिहान नजिकको नदीमा टपरीमा बत्ती बालेर बगाउने चलन छ। मृत्युपछिको बाटो अन्धकारमय हुने भएकाले जीवात्मा कल्पकल्पसम्म बाटो बिराई भट्कन नपाओस् भनेर यसरी नदीमा दीप प्रवाह गरेको भन्ने लोककथन रहँदै आएको छ ।

           कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक शुक्लपक्ष द्वितीयासम्म पाँच दिन दीपावलीका तिहार मनाइन्छ। यो चाडमा पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन धन (लक्ष्मी) र चौथो दिन गोवर्द्धन र नेवारहरूले आफ्नै शरीरलाई पूजा गर्ने र पाँचौं दिन भाइटीका लगाउने चलन छ। यमलोकका राजा यमराजले समेत आफ्ना दैनिक कार्यलाई स्थगन गरेर पाँच दिनसम्म बहिनी यमुनाको पाहुना हुन जान्छन् भन्ने पौराणिक कथन छ । यो चाडलाई यमपञ्चक पनि भनिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह