फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा तिहारको तेश्रो दिन आईतबार लक्ष्मीपुजा र देवकोटा जयन्ती मनाइँदै

(GMT+08:00) 2013-11-03 18:34:49

           नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आईतबार देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिएको छ। घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ घरका झ्याल ढोका साथै पानी सार्न प्रयोग गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ।

          साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ। अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ। दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ। लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ। लक्ष्मी पूजा सकेपछि घरघरमा हर्षोल्लासपूवर्क भैलो खेल्ने परम्परा छ।

           यसैबीच नेपाली सहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको आईतबार नै एकसय 4औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईदैछ। विक्रम संवत 1966 सालको लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा जन्मनुभएका देबकोटाले 10 वर्षदेखि नै कविता लेख्न सुरु गर्नुभएको थियो। उहाँका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन।

            नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको मुनामदन खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह