फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुरक्षाका कारण पटका पड्काउन निषेध

(GMT+08:00) 2013-11-03 18:36:31

            रमाइलो पर्व तिहारमा पटकाकै कारण धनजनको ठूलो क्षति हुने भएकाले प्रहरीले पटका पड्काउन निषेध गरेको छ।

           महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अर्जुन चन्दले तिहारमा पटका पड्काउन निषेध गरेको जानकारी दिँदै जबर्जस्ति पटका पड्काउनेलाई प्रहरीले तत्काल पक्राउ गरी कारबाही गर्ने बताउनुभयो।

           उहाँले दसैँ, तिहार तथा छठ पर्व र संविधानसभा निर्वाचन एउटै समयमा परेकाले यी सबैलाई केन्द्रित गरी सबै युनिटमा पर्याप्त प्रहरी परिचालन गरिएको उल्लेख गर्दै जहाँ–जहाँ पटका पड्किन्छ, त्यहीँको इलाका प्रहरीले पक्राउ गरी कारबाही गर्ने बताउनुभयो।

           विगतका वर्षहरुमा पटकाका कारण धेरै जनधनको क्षति भएकाले त्यसको नियन्त्रण गर्न गत दुई वर्षदेखि प्रहरीले पटका पड्काउन निषेध गरेको हो।

           प्रवक्ता चन्दले तिहार पर्वमा अहिलेसम्म पटका ल्याउने, बिक्री वितरण गर्ने, पड्काउने कुनै पनि फेला नपरेको दाबी गर्नुभयो।

           प्रहरीले पर्वका अवसरमा ठूलो दुर्घटना हुन सक्ने भएकाले माइकिङ गर्दै पटका नपड्काउन चेतनामूलक सन्देश प्रवाहसमेत सुरु गरको उहाँले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह