फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लस एञ्जल्स अन्तर्राष्ट्रिय विमानस्थलको गोली काण्डका शंकास्पद व्यक्तिमाथि हत्या अभियोग लगाइने

(GMT+08:00) 2013-11-03 18:39:55

          अमेरिकी न्यायाधिवक्ताले दुई तारिखका दिन लस एञ्जल्स अन्तर्राष्ट्रिय विमानस्थलमा भएको गोली हानाहानको मुद्दामा मुछिएका शंकास्पद व्यक्ति पाउल सिएन्सिया समक्ष हत्या अपराधको अभियोग प्रस्तुत गरेका छन्।

           संघीय लस एञ्जल्स न्यायाधिवक्ता आन्द्रे बिरोटले दुई तारिखका दिन आयोजित पत्रकार सम्मेलनमा उक्त अभियोग प्रमाणित भएमा शंकास्पद व्यक्ति पाउललाई सम्भवत: आजीवन काराबास वा मृत्यु दण्डको सजाय हुनसक्ने बताउनुभयो।

           स्थानीय समय एक तारिख बिहान नौ बजेर बीस मिनेट जाँदा तेईस वर्षिय अमेरिकी पुरुष सिएन्सियाले लस एञ्जल्स अन्तर्राष्ट्रिय विमानस्थलको तीन नम्बरको टर्मिनलमा अवस्थित एउटा सुरक्षा जाँचबुझ चौकीको प्रवेश द्बार पुगी आफ्नो गोजीबाट एउटा बन्दुक झिकेर अन्धाधुन्ध गोली फायरिङ्ग गरेका थिए। त्यसबाट एकजनाको ज्यान जानुका साथै अन्य धेरैजना घाइते भएका छन्। विमानस्थलका सुरक्षाकर्मीले तत्कालै जवाफी गोली हानी उनलाई घाइते अवस्थामा पक्राउ गरेका थिए।

           हाल उक्त तीन नम्बरको टर्मिनल पुन:खुला भइसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह