फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी विदेश मन्त्री इजिप्टमा

(GMT+08:00) 2013-11-04 12:11:32

        मध्य-पूर्व क्षेत्रमा अमेरिकाको महत्वपूर्ण सहयोगी साझेदारका रुपमा रहेको इजिप्टको संक्रमकालीन सरकारसँग अमेरिकाले अझ घनिष्ट सहयोग गर्दै जाने कुरा अमेरिकी विदेश मन्त्री जोन केरीले बताउनुभएको छ। उहाँले हिजो तीन तारिख काइरोमा इजिप्टका विदेश मन्त्री नबील फाहमीसँगको भेटवार्तामा सो कुरा भन्नुभएको हो।

        क्षेत्रीय समस्या तथा द्बिपक्षीय सम्बन्धमा केन्द्रित उक्त भेट-वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्री केरीले इजिप्टको संक्रमण अवधिलाई छोट्याउन अमेरिकाले सहयोग गर्ने बताउनुभयो।

        इप्जिटका विदेश मन्त्री फाहमीले अन्तर्राष्ट्रिय सहयोगको जरुरी आवश्यकता भएका बेला इजिप्टको भ्रमण गर्नुभएकामा अमेरिकी विदेश मन्त्रीलाई धन्यवाद दिँदै दुई देशको साझा हित र जनताका आवश्यकतालाई पूरा गर्न द्बिपक्षीय सहयोगलाई मजबूत बनाउनु पर्ने विचार प्रकट गर्नुभयो।

         अमेरिकी विदेश मन्त्री केरीले तीन तारिखदेखि इजिप्टको भ्रमण शुरु गर्नुभएको हो। काइरोमा केही घण्टासम्म रहनु भएका केरीले इजिप्टका कार्यकारी राष्ट्रपति, प्रथम प्रधानमन्त्री तथा रक्षा मन्त्रीसँग भेट गर्नुहुने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह