फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आर्थिक अवस्थासम्बन्धी बैठकलाई ली ख छ्याङद्वारा अध्यक्षता

(GMT+08:00) 2013-11-04 18:15:55

       हाल चीनको आर्थिक अवस्थासम्बन्धी बैठक पेइचिङमा आयोजना भएको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङले त्यसको अध्यक्षता दिनुका साथै सम्बोधन गर्नुभएको छ। सो अवसरमा उहाँले आर्थिक विकासको लक्ष्य र नैतिक दिशाको उचित रुपमा निश्चित गर्नका लागि व्यापक रुपमा सुझाव सुनेर वैज्ञानिक निर्णय गर्नुपर्ने बताउनुभयो।

        बैठकमा समष्टिगत अर्थतन्त्र, बैङ्किङ आदि विभिन्न क्षेत्रका विशेषज्ञ र विद्वानले आन्तरिक तथा वैदेशिक आर्थिक अवस्था र आगामी वर्षको आर्थिक प्रवृत्तिबारे बैचारिक आदान-प्रदान गरेका छन्। साथै जहाज निर्माण, गाडी, इ-वाणिज्यलगायत उद्योगका जिम्मा लिने व्यक्तिले वर्तमान उद्योगको उत्पादन र प्रबन्धन, औद्योगिक विकास तथा भविष्यको पूर्वानुमानबारे बैचारिक आदान-प्रदान गरेका छन्। राज्य परिषदको विकास अध्ययन केन्द्रका उप-प्रमुख लिउ श चिनले भन्नुभयो—

       गति नै मात्रात्मक संकेत हो र यो गुणस्तरीय संकेत पनि हो। हामीले यी छ वटा संकेत अथवा लक्ष्य तयारी गर्नसक्छौँ अर्थात् उद्योगको लाभ बृद्धि, वित्तीय आय बृद्धि, रोगगार बृद्धि, जोखिम नियन्त्रण, जनजीवनको सुधार, वातावरणको दीगो विकास आदि रहेका छन्।

         एचएसबीसी बैङ्कका प्रथम अर्थशास्त्री छ्यु हुङ पिनले व्यक्त गर्नुभयो—

        आगामी वर्ष चीनको आर्थिक विकासको समष्टिगत प्रवृत्ति कायम राख्नसकिन्छ कि सकिँदैन? मेरो विचारमा नीहित शक्ति र चुनौति दुवै सँगसँगै रहेका छन्। आगामी वर्षमा विदेशी माग अवस्था अझै जटिल र गम्भीर हुनेछ।

         बैठकमा ली ख छ्याङले अर्थशास्त्री र व्यवसायीहरुको छलफल सुन्नुका साथै उहाँहरुसँग गहिरो रुपमा कुराकानी गर्नुभयो। उहाँले हाल चीनको आर्थिक अवस्था नयाँ विकास चरणमा प्रवेश भइसकेको छ र पहिलाजस्तो द्रुत गतिको बृद्धिलाई कायम राख्न नहुने तर विकास नै सबै समस्याको समाधान गर्ने आधार रहेको बताउनुभयो। उहाँले भन्नुभयो—

         जनसंख्या 1.3 अर्ब भएको ठूलो मुलुकको रुपमा रहेको चीनका लागि विकास नभएमा रोजगारलगायत समस्याको समाधान गर्न सकिँदैन। त्यसैले हामीले आर्थिक ढाँचा बदल्ने र आर्थिक विकासको कायम राख्नेबीच सन्तुलन राख्नुपर्छ। जसले आर्थिक विकासलाई उचित स्थानमा राख्नसक्छ।

          आर्थिक विकासको लागि ठूलो सुधार नीतिको सक्रिय भूमिकाबारे चर्चा गर्दै प्रधानमन्त्री ली ख छ्याङले स्थिर बृद्धि हुन र आर्थिक ढाँचा बदल्नका लागि गहिरो सुधार गर्नुपर्ने बताउनुभयो। हाल अरु सुधार गर्न र उपभोगलाई विस्तार गर्न, लोक लगानी गर्न प्रोत्साहण गर्न, जनजीवनको संरक्षण गर्न सुधार गर्नुपर्ने पनि उहाँले व्यक्त गर्नुभयो। -आवाज चार

          सुधार नभएमा विकास हुँदैन। हाल गहिरो सुधार गर्नुपर्छ। सारा जनताको मूल हित र आर्थिक दीगो विकासको लागि हामीले अथक प्रयास गर्नुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह