फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतले मङ्गलग्रहमा अनुसन्धान यान प्रक्षेपण गर्ने

(GMT+08:00) 2013-11-04 18:50:34

         भारतको अन्तरिक्ष अध्ययन संगठनले यही नोभेम्बर पाँच तारिखमा मङ्गलग्रहको एउटा अनुसन्धान यानलाई प्रक्षेपण गर्ने घोषणा गरेको छ। एपीका अनुसार, यदि भारतले मङ्गलग्रहमा सो अनुसन्धान यानको सफलताका साथ प्रक्षेपण गरेमा यस क्षेत्रमा भारत एशियाको पहिलो सफल मुलुक हुने जनाइएको छ।

       लामो समयदेखि भारतले अन्तरिक्ष क्षेत्रमा ठूलो परिमाण लगानी गर्दै आएको छ। सन् 2006 मा भारतले अन्तरिक्ष क्षेत्रको बजेट रुसको तुलनामा बढी रहेको थियो। सन् 2012 मा भारतले मङ्गलग्रहमा अनुसन्धान यान सम्बन्धी परियोजनामा एक अर्ब बीस करोड रुपैयाँभन्दा बढी लगानी गरेको थियो। त्यसैले पूर्वानिर्धारित सन् 2016-2018मा कार्यन्वयन गरिने यस परियोजना चालु वर्षमा तर्जुमा गरिएको हो। तर अन्तरिक्ष क्षेत्रमा ठूलो लगानीबारे भारतभरी फरक फरक विचार रहेको छ। केही समर्थकहरुले अन्तरिक्ष क्षेत्रमा प्राप्त भएको सफलताबाट भारतको अझ ठूलो राष्ट्रिय पहिचान बन्ने ठहर गरेका छन् भने विपक्षीहरुले अन्तरिक्ष परियोजनामा ठूलो शक्ति र रकम खर्च गर्दा भारतको राष्ट्रिय अवस्थालाई पनि विचार गर्नुपर्ने बताएका छन्। उनीहरुले भारतीहरुको जीवन, आधारभूत प्रबन्ध, शिक्षा, चिकित्सा आदि क्षेत्रमा झन् बढी लगानी आवश्यक रहेको औंल्याएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह