फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जलवायु परिवर्तन सामना गर्ने चीनको वार्षिक प्रतिवेदन सार्वजनिक

(GMT+08:00) 2013-11-05 18:15:34

       जलवायु परिवर्तन सामना गर्ने चीनको नीति र कार्यक्रमको वार्षिक प्रतिवेदन आज पाँच तारिख पैचिङमा सार्वजनिक भएको छ। चीनको राष्ट्रिय सुधार समितिका उप-प्रमुख स्ये चन ह्वाले जलवायु परिवर्तन सामना गर्न चीनले चालेको नैतिक कदम र कार्यवाही प्रभावकारी भएको भन्दै चीन सरकारले जिम्मा लिएको र बचनबद्धताको पालना गरेको प्रतिबिम्बित भएको बताउनु भएको छ। प्रतिवेदनमा उल्लेख गरिएको विकासोन्मुख मुलुकलाई रकम प्रदान गर्ने, प्राविधिक सहयोग हस्तान्तरण गर्ने, क्षमता निर्माण गर्न सहयोग प्रदान गर्ने आफ्ना बचनबद्धता विकसित मुलुकले पालना गर्नुपर्ने विषयले सबैको ध्यान तानेको छ।

      "संयुक्त राष्ट्रिय संघको जलवायु परिवर्तनको प्रारुप सन्धि"मा हस्ताक्षर मुलुकको उन्नाइसौँ सम्मेलन र क्योटो प्रोटोकोलमा हस्ताक्षर मुलुकको नवौँ सम्मेलन आगामी एघार तारिख पोल्याण्डको वार्सामा आयोजना हुनेभएको छ। संयुक्त राष्ट्रसंघको प्रचलन अनुसार चीन सरकारले जलवायु परिवर्तन सामना गर्ने नीति र कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको हो। उप-प्रमुख स्ये चन ह्वाले उक्त प्रतिवेदनबाट चीन सरकारले बचनबद्धता पालना गरेको सम्पूर्ण रुपमा प्रतिबिम्बित भएको व्यक्त गर्नुभयो।

         एघारौँ पञ्च वर्षीय अवधिमा चीनले आर्थिक विकास गर्नुका साथै कार्बन डाइअक्साइड निश्काषन मात्रालाई 1.5 अर्ब टनसम्म घटाएको थियो। बाह्रौँ पञ्च वर्षीय अवधिका पहिला दुई वर्षमा हामीले पनि तीन चार टनसम्म घटाइसकेका छौँ। जलवायु परिवर्तन सामना गर्न चीनले चालेको अनेकौँ नीति, कदम, कार्यवाही र पाएको उपलब्धिबाट चीन सरकारले जिम्मा लिएको र बचनबद्धता पालना गरेको प्रतिबिम्बित भएको छ।

           उल्लेख गर्न लायक कुरा भनेको यसअघि आयोजित जलवायु परिवर्तन सामना गर्ने चार मुलुकका मन्त्रीस्तरीय सम्मेलनमा चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिकाले संयुक्त वक्तव्य प्रकाशित गरेअनुसार, विकासोन्मुख मुलुकलाई रकम प्रदान गर्ने, प्राविधिक सहयोग हस्तान्तरण गर्ने, क्षमता निर्माण गर्न सहयोग जुटाउने आफ्नो बचनबद्धता विकसित मुलुकले पालना गर्नुपर्ने र रकमसम्बन्धी समस्याको प्रभावकारी रुपमा समाधान गर्नुपर्ने भन्ने विषय र वार्सा जलवाषु परिवर्तन सम्मेलनको सफल-विफलबीच घनिष्ठ सम्बन्ध रहेको छ। वक्तव्यमा उल्लेख गरिएको बचनबद्धता भनेको विकासोन्मुख मुलुकलाई जलवाषु परिवर्तन समस्याको सामना गर्नका लागि सन् 2015 सम्म तीस अर्ब अमेरिकी डलर संलग्न गर्नुपर्छ र सन् 2020 सम्म हरेक वर्ष एक खर्ब अमेरिकी डलर संलग्न गर्नुपर्छ। स्ये चन ह्वनले हाल विकसित मुलुकको आर्थिक दुविधा हामीले बुझ्नसक्छौँ तर आफ्नो बचनबद्धता र कर्तव्यको पालना गर्नुपर्ने व्यक्त गर्नुभयो।

         यदि अस्थायी आर्थिक कठिनाइ भएमा रकम दिने अनुसूचि स्पष्ट पारी स्पष्ट बचनबद्धता दिने हाम्रो आशा छ। जसले विकासोन्मुख मुलुकलाई विश्वास दिनसकिन्छ।

         विकसित मुलुको रकम तथा प्राविधिक समर्थन नपाएमा विकासोन्मुख मुलुकले कार्बन डाइअक्साइडको नाकारात्मक रुपमा घटाउन केही संचार माध्यमले गरेको चिन्ताप्रति उप-प्रमुख स्ये चन ह्वाले अस्वीकार गर्नुभयो। उहाँले चीनलगायत धेरै विकासोन्मुख मुलुकले सक्रिय अनुभव लिएको बताउनुभयो।

         वास्तवमा यस्तो अवस्था छैन। चीनलगायत धेरै विकासोन्मुख मुलुकले कुनै पनि रकम र प्राविधिक सहयोग नपाएको अवस्थामा जलवायु परिवर्तन सामना गर्न सक्रिय कदम चालिसकेको छ।

          स्ये चन ह्वाले पनि स्वीकार गर्नुभयो विकासोन्मुख मुलुकको रुपमा रहेको चीनसमक्ष आर्थिक विकास, गरिब निवारण, जनजीवन सुधार, वातावरण संरक्षण, जलवायु परिवर्तनको सामना गर्ने आदि विभिन्न चुनौति देखापरेको छ। तर चीनले सक्रिय कदम चालेर जलवायु परिवर्तनको सामना गरी चीनको जिम्मा लिएको पनि स्ये चन ह्वाले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह