फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अन्तिम दिन आज भाइटिका

(GMT+08:00) 2013-11-05 19:05:01

         यमपञ्चकको अन्तिम दिन आज सबै नेपालीका घर-घरमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर हर्षोल्लासरूपमा भाइटीका मनाएका छन्। तिहारको अन्तिम दिन अर्थात् भाइटीकालाई समस्त नेपालीले महत्वपूर्ण दिनका रूपमा लिने गर्छन्।

          आजका दिन भाइटीकाको साइत 11 बजेर 27 मिनेटको समय उत्तम रहेको भए पनि दिनभर नै भाइटीका लगाएर पर्व मनाइएको छ। आजका दिन स्वदेश तथा विदेशमा रहेका दाजुभाइहरू दिदीबहिनाका घरमा र दिदीबहिनीहरू दाजुभाइका घरमा जम्मा भई टीका लगाउने गर्दछन्। भाइटीकालाई दिदी भाइ तथा दाजु बहिनीको प्रगाढ सम्बन्धको प्रतिकको रूपमा लिने गरिन्छ। आजका दिन दिदीबहिनीले टीका लगाउनुअघि दाजुभाइको कानमा तेल हालिदिन्छन् र सप्तरङ्गी टीकाको साथै दुबो, मखमली, सयपत्री तथा गोदावारीको माला लगाइदिन्छन्।

         टीका लगाइसकेपछि दिदीबहिनीले दाजुभाइलाई मीठाइ तथा मसला खान दिन्छन् भने दाजुभाइले दिदीबहिनीलाई विभिन्न बस्त्र, आभूषण तथा दक्षिणा दिने गर्छन्। आजका दिन सूर्य तथा अष्टचिरञ्जीवीको पूजा गरेर त्यसको प्रसाद दाजुभाइलाई लगाइदिने प्रचलन छ।

          भाइटीकाको दिन अर्थात् कात्तिक शुक्ल द्वित्तीयामा आफ्नो भाइलाई स्वर्गबाट धर्मराजका यमदूत लिन आएको र यमदूतलाई दिदीले अनेक बहाना बनाई भाइको काल टारेको प्रसङ्ग पनि गाँसिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह