फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आर्थिक बनौटको परिवर्तनमा स्वर्ण सुन्तलित बिन्दुको खोजी

(GMT+08:00) 2013-11-06 12:34:48

          चीनका प्रधान मन्त्री ली खछ्याङले हालै आयोजित आर्थिक परिस्थिति गोष्ठीमा चीनको अर्थतन्त्र आवश्यकता तथा सम्भावना र परिवर्तन तथा उचित बृद्धिदरमा कायम रहन एउटा 'स्वर्ण सन्तुलित बिन्दु' पत्ता लगाउनुपर्ने विचार गर्नुभएको छ। चीनको आर्थिक विकास उचित परिधिमा रहेर रोजकारीलाई निश्चित गर्न गर्नुपर्ने र आर्थिक बनौटको परिवर्तनलाई द्रुत गतिमा आर्थिक विकासको गुणस्तरमा महत्व दिइनुपर्ने आग्रह पनि उहाँले गर्नुभयो।

           चीनका प्रधान मन्त्री लीले चीनको अर्थतन्त्र नयाँ विकास चरणमा प्रवेश भैसकेको र पहिलेको उच्च बृद्धिदरलाई कायम राख्नु व्यावहारिक कुरा नभएको औंल्याउनुभएको छ। तर,केही हदसम्मको विकास गतिको सहयोग नभएमा बेरोजकारी समस्याको समाधान गर्न नसकिने पनि उहाँले बताउनु भएको छ।

          विश्लेषकले जनाए अनुसार, यस विचारबाट भविष्यमा चीनको आर्थिक विकास परिवर्तनको तीब्र प्रवर्द्धन, आर्थिक परिवर्तन प्रक्रियालाई अघि बढाउने बारेमा चीन सरकारले नयाँ समष्टिगत व्यवस्थापन र विचारलाई प्रतिविम्वित गरेको छ।

           यसै महिनाको नौदेखि बाह्र तारिखसम्म चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको तेस्रो बैठकको आयोजना हुने भएको छ। उक्त बैठकमा सुधारलाई गहिरो पार्नु भन्ने महत्वपूर्ण विषयमा समष्टिगत योजना तथा बन्दोबस्तको अध्ययन गरिनेछ। एउटा ऐतिहासिक शुरुआतको हैसियतले यस बैठकदेखि चीनमा गरिने सुधारको परिधि अझ ठूलो हुने विश्वास गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह