फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नेताहरुद्वारा सुधार कार्यक्रमलाई प्राथमिकता प्रदान

(GMT+08:00) 2013-11-06 17:39:09

         चिनियाँ कम्युनिष्ट पार्टी आठारौं केन्द्रीय समितिको तेस्रौँ पूर्ण बैठकले शुरु हुनु अगाडि नै चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्ग र प्रधानमन्त्री ली ख छ्याङ्गले धेरै ठाउँमा सुधारबारे सम्बोधन गर्नुभएको छ। विदेशी सञ्चारमाध्यमले चीन सरकारको सुधारको संकल्प उक्त कुराबाट देखिएको पुष्टि गरेका छन्।

         गत दुई तारिखमा राष्छ्राध्यक्ष सीले 21औँ शताब्दी परिषदको पैचिङ्गमा आयोजित सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टी आठारौं केन्द्रीय समिति तेस्रौँ पूर्ण बैठकमा संयुक्त सुधार नीति प्रस्तुत गर्ने र सुधारलाई ग्रहण गर्ने कुरा बताउनुभएको थियो।

         गत एक तारिख प्रधानमन्त्री लीले उक्त सम्मेलनको उद्घाटन समारोहमा चीनले आर्थिक कर, बित्त, मूल्य र व्यवसाय क्षेत्रको सुधार गर्ने बताउनु भएको थियो।

          बेलायतको फाइन्सियल टाइम्सको भेवसाइटले चिनियाँ नेताहरुले निरन्तर रुपमा सुधार र खुला प्रतिस्पर्धालाई पुष्टि गरिरहेका बेला अन्य देशले चिनियाँ आर्थिक र राजनैतिक प्रणालीप्रति गरिएको आलोचन ठीक नभएको उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह