फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको निर्वाचन आयोगद्वारा गृहमन्त्री र प्रहरी प्रमुखसँग छलफल

(GMT+08:00) 2013-11-06 18:47:30

           नेपालमा यही नोभेम्बर 19 तारिखमा हुने संविधासभा निर्वाचनको शान्ति सुरक्षा, निर्वाचन सामग्री ढुवानीलगायत अन्य विषयमा निर्वाचन आयोगले गृह मन्त्री माघव घिमिरेसँग छलफल गरेको छ। निर्वाचन आयोगमा भएको छलफलमा निर्वाचन शान्ति सुरक्षा हेर्नुहुने आयुक्त दोलखबहादुर गुरुङ, आयुक्त डा रामभक्त पिभी ठाकुर र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी प्रमुखको सहभागिता थियो।

            छलफलमा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न शान्ति सुरक्षालाई थप सुदृढ पार्न अति आवश्यक भएको हुँदा कसरी सुदृढ गर्न तथा मतपेटिका, मतपत्रलगायत अन्य सामग्री सुरक्षित रूपमा सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्‍याउने विषयमा छलफल भएको बैठकपछि आयुक्त ठाकुरले जानकारी दिनुभयो।

            सो अवसरमा गृह मन्त्री घिमिरेले सरकारले निर्वाचनमा शान्ति सुरक्षाका लागि सुदृढ व्यवस्था मिलाएको जानकारी दिनुभएको थियो।

           यसैबीच निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि कुनैपनि मतदान स्थल तथा केन्द्रमा अत्याधुनिक सिसी क्यामरा जडान नहुने जानकारी दिएको छ। आयुक्त रामभक्त पिभी ठाकुरले निर्वाचन गोप्य मतदान भएकाले क्यामरा जडान नगरिने बताउनु भएको हो।

            आयुक्त ठाकुरले अघिल्लो संविधानसभा निर्वाचनमा आयोगले नै गोप्यरूपमा क्यामरा जडान गरेको भन्ने नचाहिँदो हल्ला फैलाइएको र यसले आम मतदातालाई भयभितसमेत पारेको हुँदा यसपटकको निर्वाचनमा आयोगले सममयै मतदातालाई यस्ता हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो। 'गोप्य मतदानका लागि आयोगले क्यामरा जडानको विषय सोच्न पनि सक्दैन', उहाँले भन्नुभयो।

           आगामी निर्वाचनका लागि आयोगले 10 हजार 13 मतदान स्थल र 18 हजार 457 मतदान केन्द्र निर्धारण गरेको छ। निर्वाचनका लागि आयोगमा निर्वाचन पर्यवेक्षण तथा वैदेशिक सहायतासम्बन्धी क्षेत्र हेर्ने आयुक्त ठाकुरले निर्वाचनमा चीन सरकारबाट रु 16 करोडभन्दा बढीको 16 प्रकारका निर्वाचन सामग्री प्राप्त भएको, जापान सरकारबाट रु 13 करोड बराबरको नौ प्रकारका निर्वाचन सामग्री प्राप्त भएको जानकारी दिनुभएको नागरिक अनलाइनले उल्लेख गरेको छ।

           निर्वाचन पर्यवेक्षणका लागि हालसम्म आठ हजार 821 ले परिचयपत्र लिएको जानकारी पनि उहाँले दिनुभयो। आयोगले तीन अन्तर्राष्ट्रिय संस्थासहित 54 राष्ट्रिय संस्थालाई निर्वाचनको पर्यवेक्षणका लागि स्वीकृति प्रदान गरेको छ।

 

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह