फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अराफातको मृत्युको कारणप्रति प्यालेष्टाइन तथा इजरेलको फरक प्रतिक्रिया

(GMT+08:00) 2013-11-07 12:35:37

       प्यालेष्टाइन नेता याशिर अराफातको शंखाश्पद मृत्युका बारेमा स्विजल्याण्ड तथा रुसी डाक्टरद्वारा छानविन गरी प्लालेष्टाइन सरकारलाई प्रतिवेदन बुझाएका छन्। तर सो प्रतिवेदनलाई प्यालेष्टाइन सरकारले सार्वजनिक गरेको छैन। उक्त जानकारी अराफात जारादात मृत्यु जाँच समितिका अध्यक्ष तावफीक तिरावीले दिनुभएको हो।

         प्यालेष्टाइन आधिकारिक समाचार समितिले जनाए अनुसार, रुसले गत दुई तारिख प्यालेष्टाइनलाई सम्बन्धित प्रतिवेदन पेश गरिसकेको छ र प्यालेष्टाइनले उचित समयमा प्रतिवेदनलाई सार्वजनिक गर्नेछ।

          इजरेली विदेश मन्त्रालयका प्रवक्ता इगाल पाल्मोरले भने उक्त प्रतिवेदनको निचोड तथा बैज्ञानिक मान्यताप्रति शंका व्यक्त गर्नुभएको छ। अराफातलाई विष खुवाएर मारिएको भन्ने भनाइलाई प्रवक्ता पाल्मोरले अस्वीकार गर्नुभएको छ। स्विजल्याण्डको जाँच टोलीले अराफात मर्दा बसेको फ्रान्सेली अस्पतालमा चिकित्सा रेकर्ड खोज्न नगएको दाबी गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह