फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत 35 वर्षमा चीनको औसत आर्थिक बृद्धि दर 9.8 प्रतिशत

(GMT+08:00) 2013-11-07 09:36:13

        सुधार तथा खुलापन लागू यताका 35वर्षमा चीनको गार्हस्थ्य अर्थतन्त्र राम्रोसँग विकसित भैरहेको छ। सन् 1979 देखि 2012सम्मको अवधिमा चीनको औसत आर्थिक बृद्धि दर 9.8 प्रतिशत पुगेको छ जुन बेला विश्वको औसत आर्थिक बृद्धि 2.8 प्रतिशत मात्र थियो। उक्त जानकारी हिजो छ तारिख चीनको राष्ट्रिय तथ्याङ्क व्यूरोको आधिकारिक वेभसाइटमा राखिएको एक प्रतिवेदनमा उल्लेख गरिएको हो।

         विश्व बैंकको तथ्याक अनुसार, चीनमा प्रतिव्यक्तिको औसत आम्दानी सन् 1978 को 190 अमेरिकी डलरबाट वृद्धि भएर सन् 2012 मा 5 हजार 6 सय 80अमेरिकी डलर पुगेको पनि सो प्रतिवेदनमा जनाइएको छ। अब चीन कम आम्दानी हुने मुलुकबाट मझौला स्तरको आम्दानी हुने मुलुकमा परिणत भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह