फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबारे अमेरिकी विशेषज्ञको अपेक्षा

(GMT+08:00) 2013-11-07 18:58:25

          चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक यही नौ तारिखमा सुरु हुँदैछ। चीनसम्बन्धी अमेरिकी विशेषज्ञको विचारमा चीनका नेताहरुले बैठकमा ठूलो सुधार योजना निकाल्नेछन् र उक्त सुधार योजना नै चीनको आर्थिक तथा सामाजिक ढाँचा बदल्नका लागि एउटा ऐतिहासिक कदम रहेको छ। अब सुनौँ यससम्बन्धी विस्तृत विवरण

        अमेरिकी विशेषज्ञले सुरु हुनलागेको चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा निकै ध्यान दिएका छन्। हाल ह्वाशिन्टनको प्रसिद्ध थिङ्क ट्यान्क ब्रूकिङ्गस इस्टिट्युटले आयोजना गरेको गोष्ठीमा चीन अध्ययन केन्द्रका प्रमुख जोनाथान पोलाकले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सबैको ध्यान तान्ने महत्वपूर्ण बैठक हुने विचार व्यक्त गर्नुभयो।

        पैँतीस वर्षअगाडि चिनियाँ कम्युनिष्ट पार्टीको एघारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा वैदेशिक खुलापनको विकास दिशा निश्चित भएको थियो। अब शुरु हुनलागेको चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चीनको आन्तरिक बजारलाई अझै खुला गर्नेछ।

        शाङहाइ स्वतन्त्र व्यापार क्षेत्रको स्थापनाबाट चीनको आन्तरिक बजारलाई अझै खुला गर्ने संकेत देखिएको छ। यसका साथै चीनको नेतृत्व तहसँग सम्पर्क गर्दा हामीले वैदेशिक लगानीलाई स्वागत गर्नेसम्बन्धी अझै बढी कदम सार्वजनिक गर्ने अनुगमन गरेका छौँ।

         विश्व बैङ्कको चिनियाँ ब्यूरोका पूर्व-प्रमुख एवं अमेरिकी वित्तमन्त्रालयको चीनसम्बन्धी अर्थ तथा वित्तसम्बन्धी पूर्व-विशेषदूत डाभिद डलरले चीनको आर्थिक सुधारले आपूर्ति र चाहना दुई पक्षलाई अरु गहन पार्नुपर्ने बताउनुभयो। साथै उहाँले चीनको आर्थिक ढाँचा बदल्नलाई "पुनःसन्तुलन रणनीति"को रुपमा राख्नुपर्ने बताउनुभयो। उहाँको विचारमा घर दर्ता प्रणाली सुधार र शहरीकरण क्रममा किसानलाई अझ बढी फाइदा दिनु नै उक्त रणनीतिमध्येको सबैभन्दा महत्वपूर्ण विषय हुनेछ।–

         मानिस शहरतिर सर्दा उनीहरुको आम्दानी पनि बृद्धि हुन्छ र उपभोग्य शक्ति पनि बढ्छ। त्यसैले चाहनका आधारमा आपूर्ति र मागलाई मध्यनजर गर्दा घर दर्ता प्रणाली सुधारले आर्थिक विकासको क्रममा देखिएको चुनौतिको सामना गर्न चीनलाई सहयोग दिनेछ।

         चीनले वित्तीय सुधार गरी स्थानीय सरकारको वित्तीय अधिकार र राजकोषको पारदर्शितालाई बढाउनुपर्ने भन्दै उहाँले मुक्त ब्याज र निक्षेप विमा सुधार आदि विषय वित्तीय सुधारमा संलग्न हुने अनुगमन गर्नुभयो।

        तर एक्जिक्युटिभ इन्टलिजेन्स रिभ्यू पत्रिकाका सम्पादक विलियम जोन्सले चीनले सचेत रुपमा वित्तीय सुधार गर्नुपर्ने बताउनुभयो।–

        बढी खुला भएमा तत्कालको लगानीका रुपमा पैसा चीनको बजारमा आउनसक्छ। जसबाट मुद्रास्फीति देखिनेछ। साथै सरकारलाई यस्ता कार्य नियन्त्रण गर्न गाह्रो पर्छ र पूर्ण बजारका लागि पनि नियन्त्रण गर्न सकिँदैन। त्यसैले मेरो विचारमा सुधार त हुनैपर्छ, सबैले त्यसको स्वीकार गर्नुपर्छ तर सुधार कार्य छिटो चलेमा चीनका लागि ठूलो चुनौती देखिनेछ।

         धेरै विशेषज्ञका विचारमा चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट चीनको सुधार तथा खुपालनका लागि नयाँ लक्ष्य र दिशा निश्चित हुनेछ साथै चीनको सुधार तथा खुपालनको इतिहासको नयाँ कोसे ढुङ्गा स्थापित हुनेछ। चीनको सुधार तथा खुपालनबाट अरु विकास हुनसक्छ कि सक्दैन भन्ने विषय र उक्त बैठकले गर्ने निर्णयबीच सम्बन्ध रहेको मात्र नभई ठोस सुधार नीति तथा त्यसको दीर्घकालीन प्रभावकारीबीच पनि सम्बन्ध रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह