फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री र अमेरिकी पूर्वी अर्थ मन्त्रीबीच भेट-वार्ता

(GMT+08:00) 2013-11-08 09:48:48

        चीनका प्रधानमन्त्री ली ख छ्याङले हिजो सात तारिख पैचिंगमा अमेरिकी पूर्वी अर्थ मन्त्री हेनरी पाउल्सनसँग भेट-वार्ता गर्नुभएको छ।

       सो अवसरमा प्रधानमन्त्री लीले दुवै मुलुकले विभिन्न क्षेत्रको सहयोगलाई सवल पार्ने आशा व्यक्त गर्नुभएको छ। उहाँले दुवै पक्षले मतभेदलाई हटाउने र दुवै मुलुक बीचको सम्बन्धलाई सुमधुर बनाउने बताउनुभयो। उहाँले खुलापनको क्रममा चीनको विकास झन् झन् गहन हुँदै गएको भन्दै द्बिपक्षीय लगानी सम्झौदा सम्बन्धित वार्तालाई बढाउनका लागि दुवै पक्षले प्रयास गर्नुपर्ने बताउनुभयो।

         पूर्वी अर्थ मन्त्री पाउल्सनले खुलापन र सुधार, सरकारको कार्यात्मकको परिवर्तन, प्रबिधिको सिर्जना, वातावरणको सुरक्षा आदि क्षेत्रमा चीनको नयाँ सरकारले धेरै सफलतालाई प्राप्त गरेकोमा प्रशंसा गर्नुभयो। उहाँले दुवै मुलुक बीचको सम्बन्धलाई चौतर्फी रुपमा बढाउनका लागि अमेरिकाले चीनसँगको सहयोगलाई सुदृढ पार्ने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह