फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चरणको इरान आणविक वार्ता जेनेभामा

(GMT+08:00) 2013-11-08 12:50:26

          इरान आणविकसित सम्बन्धित छ मुलुक र इरानबीचको नयाँ चरणको वार्ता हिजो सात तारिक स्विजलैंडको जेनेभामा सम्पन्न भयो। हसन रोहनी इरानका नयाँ राष्ट्रपति भएपछि इरान आणविक वार्ता भएको यो दोस्रो चरण हो। पहिलो चरणको जेनेभा वार्ताले दोस्रो चरणको वार्ता गर्ने निर्णय गरेको थियो।

        युरोपेली दौत्य र सुरक्षा नीति सम्बन्धी उच्च स्तरिय प्रतिनिधि क्याथ्रिन आस्टोनका प्रवक्ता माइकल म्यानले इरान आणविक वार्ता धेरै जटिल रहेको जनाउँदै अहिलेको वार्ता गम्भिर अवस्थामा रहेको बताउनुभयो।

        इरानका उप विदेशी मन्त्री अब्बास अराग्चीका अनुसार इरानले प्रस्तुत गरेको प्रारुप सम्झौदालाई वार्तामा सहभागी छ मुलुकले स्वीकारेका छन् र दुई चरणमा इरान आणविक समस्यलाई समाधान गर्ने उल्लेख गरिएको छ।

        इरानका विदेशी मन्त्री मोहमद जाभेद जरीफले आठ तारिख राती दोस्रो चरणको वार्ताले सहमती गराउने सम्भावना भएको बताउनुभयो। इरानले यूरेनियमलाई सधन पार्ने कार्यक्रम सम्पूर्ण बन्द नहुने तर वार्तामार्फत केही समस्याबारे छलफछ गर्ने आशा उहाँले लिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह