फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी गुप्तचर संस्था सी आइ ए र ए टी एन्ड टीबीच लेन-देन

(GMT+08:00) 2013-11-08 12:51:06

         न्यू योर्क टाइम्सका अनुसार, अमेरिकी गुप्तचार संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी अर्थात सी आइ एले टेलिकम संचालक ए टी एन्ड टीबाट तथ्याङ्क किनेको छ। त्यसको लागि हरेक वर्ष एक करोड अमेरिकी डलर अर्थात छ करोड आर एम बीको खर्च तिर्ने गर्छ।

        न्यू योर्क टाइम्सले जानकारी दिएअनुसार, सी आइ एले ए टी एन्ड टीबाट विशाल मात्राको डाटाबेस किनेर अन्तर्राष्ट्रिय आतंकवाद विरोधी कार्यमा सहयोग दिएको छ। सरकारी अधिकारीको भनाइ उद्धृत गर्दै सो पत्रिकाले भनेको छ, ए टी एन्ड टीले दिएको धेरैजसो कल रेकर्ड नै विदेशीहरुबीचको कुराकानीको रेकर्ड हो। तर अमेरिकासँग गरिएका अन्तर्राष्ट्रिय कलमा रहेका सबै अमेरिकी नागरिकको पहिचान र फोन नम्बर खुलाइएको छैन।

       "प्रिज्म" गतिबिधिमा संलग्न भएको टेलिकम र इन्टर्नेट संचालकले कानुनले आफूलाई सहयोग दिनुपर्ने आग्रह गरेका छन्। तर न्यू योर्क टाइम्सका अनुसार, सी आइ ए र ए टी एन्ड टी बीचको सहयोग स्वैच्छिक हो। सी आइ एले अदालतको आदेश लिएर ए टी एन्ड टी सँग सहकार्य गरेको छैन तर त्यसको लागि हरेक वर्ष एक करोड अमेरिकी डलर तिरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह