फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुरक्षा परिषदको प्रतिनिधिमा चिनियाँ राजदूतद्वारा वार्षिक कार्य प्रतिवेदन पेश

(GMT+08:00) 2013-11-08 10:51:50

       सुरक्षा परिषदका वर्तमान अध्यक्ष एवं संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि लिउ च्ये यीले हिजो सात तारिख 68औँ महासभासमक्ष सुरक्षा परिषदको वार्षिक कार्य प्रतिवेदन पेश गर्नुभएको छ।

        सो अवसरमा राजदूत लिउले एक वर्षयता व्यापक सदस्य मुलुकको समर्थनमा सुरक्षा परिषदले "संयुक्त राष्ट्र संघ वडा-पत्र"मा उल्लेख भएको कर्तव्यको सक्रिय रुपमा पालना गरी शान्तिपूर्ण तरिकामार्फत भिडन्तको समाधान गरेबाट महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो। क्षेत्रीय समस्याको समाधान गर्नुका साथै सुरक्षा परिषदले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा विषयमा उच्च ध्यान दिएको पनि उहाँले स्पष्ट पार्नुभयो।

         लिउ च्ये यीले प्रस्तुत गर्नुभएको प्रतिवेदनप्रति संयुक्त राष्ट्र संघका सदस्य मुलुकले स्वागत गर्नुका साथै सुरक्षा परिषदको कार्यमाथि गहन मूल्याङ्कन गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह