फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा विश्वको ध्यान

(GMT+08:00) 2013-11-08 18:45:57

       चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक भोलि नौ तारिख शनिबार सुरु हुँदैछ। चीनले सुधारलाई चौतर्फी रुपमा गहन पार्ने महत्वपूर्ण अवधिमा आयोजना हुँदै गरेको यो बैठकले ठूलो ऐतिहासिक र चीनको भविष्यलाई नयाँ रोड म्याप प्रदान गर्ने विश्लेषकहरुले बताएका छन्।

       अमेरिकी पूर्व-वित्तमन्त्री हेनरी पाउल्सनले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले प्रदान गर्ने नयाँ निर्णयले चीनलाई सक्रिय तथा दीर्घकालीन विकास दर्शाउने बताउनुभयो। चीनको आर्थिक ढाँचा बदल्नका लागि पूँजी वितरण क्षमता बढाउने, मध्य तथा साना व्यवसायलाई अवसर प्रदान गर्ने, उपभोग सुधार आदि विषय समावेश हुने उहाँले अनुमान गर्नुभयो।

        रुसका उच्च अर्थशास्त्र स्कूलका ताजगीकरण अध्ययन केन्द्रका प्रमुख अलेक्सेइ मास्लोभले चीनले सुधारलाई प्रमुखता दिई सामाजिक निष्पक्षताको स्थापना गर्ने बताउनुभयो।

         फ्रान्सेली प्रसिद्ध अर्थशास्त्री लिवोनल भेरोनले विगत तीस वर्षभन्दा बढी समयमा धेरैजसो चिनियाँको जीवन स्तर स्पष्ट रुपमा सुधार भएको बताउँदै विभिन्न क्षेत्रका सर्वसाधारणको जीवनस्तर उकासिएको औँल्याउनुभयो। हाल चिनियाँ सर्वसाधारणको अपेक्षामा परिवर्तन आएको,भ्रष्टाचारलगायत समस्यासम्बन्धी मानिसको चासो बढेको र त्यससम्बन्धी सुधार पनि जरुरी भएको पनि उहाँले बताउनुभयो।

         जर्मन ऊर्जबर्ग विश्वविद्यालयको चीनसम्बन्धी विशेषज्ञ डोरिस फिस्चरले विगतदेखि सुधारिँदै आएको चीनको आर्थिक विकासलाई चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले अझ बढी सक्रिय बनाउने संकेत निकालेर चीनको विकासलाई बढाउने अपेक्षा आफूले लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह