फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरान आणविक समस्यासम्बन्धी जेनेभा वार्ता जारी

(GMT+08:00) 2013-11-09 18:13:53

         हिजो आठ तारिख सम्पन्न हुनुपर्ने इरान आणविक समस्यासम्बन्धी दोस्रो चरणको जेनेभा वार्ता आज नौ तारिख पनि जारी रहेको छ। वार्तामा सहभागी छ मुलुक र इरानका अधिकारीबीचमा सहमति खोज्ने क्रममा बार्ता लम्बिएको बताइएको छ।

       अमेरिका, बेलायत, फ्रान्स, रुस, चीन र जर्मनीलगायत इरान आणविक समस्यासम्बन्धी छ मुलुक र इरानका प्रतिनिधिले गत सात तारिखदेखि जेनेभामा दुई दिने वार्ता सुरु गरेका थिए।

         हिजो आठ तारिख अमेरिकी विदेशमन्त्री जोन केरी, फ्रान्सेली विदेशमन्त्री लौरेन्ट फाबियुस, बेलायती विदेशमन्त्री विलियम हागुए र जर्मन विदेशमन्त्री गुइडो वेस्टर्वे जेनेभामा पुगेर सो वार्तामा सहभागी रहेका छन्। यही चरणको वार्तामा सहमत सम्पन्न हुने अपेक्षा बाह्य क्षेत्रले लिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह