फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा विश्वको ध्यान

(GMT+08:00) 2013-11-09 18:14:57

        चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आज नौ तारिख पैचिङमा सुरु भएको छ। चीनको सुधार तथा खुपालन कार्य मुख्य अवधिमा आएको उपलक्ष्यमा आयोजित यो बैठकले महत्वपूर्ण नीति निकालेर सुधारलाई चौतर्फी रुपमा गहन पार्न र आर्थिक स्थिर विकासलाई बढाउन समष्टिगत निर्देशन दिने भन्दै विदेशी सञ्चारमाध्यमहरुले बैठकबारे मुख्य समाचार र विश्लेषण सम्प्रेषण गरिरहेका छन्।

      बेलायतको "फाइनान्सिल टाइम्स"का अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चीनको विकासको दिशा देखाउनेछ र चीनको आर्थिक ढाँचा बदल्नका लागि उपभोग, सिर्जना र दीगो विकासमा अझै ध्यान दिइनेछ।

       रोयटरका अनुसार, तीस वर्षभन्दा बढी समयको सुधार तथा खुलापन भएर चीन विश्वको दोस्रो आर्थिक समूह बनेको छ। तर साथै गहिरो अन्तर्विरोध पनि स्पष्ट देखिन्छ। उक्त अन्तर्विरोधको समाधान गर्नेबारे यसै बैठकमा सार्वजनिक हुने सम्भावना रहेको छ।

       फ्रान्स प्रेस एजेन्सका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले भविष्यमा चीनको आर्थिक विकासका लागि आधार निश्चित गर्नेछ साथै चीनको आर्थिक विकासको लागि फेरि एक पटक दीर्घकालीन अर्थयुक्त सुधार नीति निकाल्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह