फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सुरु

(GMT+08:00) 2013-11-09 18:15:50

      आजदेखि चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक पैचिङमा सुरु भएको छ। बैठकले सुधारलाई चौतर्फी रुपमा गहन पार्नेबारे छलफल गरिरहेको छ। सन् 1978 देखि संचालन भएको चीनको सुधार तथा खुलापन नयाँ चरणमा प्रवेश भएको छ। बैठक आगामी 12 तारिखसम्म चल्नेछ।

      चीनका नेताले सुधारका कार्यक्रमको महत्व ठूलो र गहिरो भएको भन्दै चीनको आर्थिक तथा समाजिक क्षेत्रको सुधारका लागि यो बैठकले शक्तिशाली काम गर्ने बताइएको छ।

       एक वर्षयता बजारीकण प्रक्रिया बढाउन चीन सरकारले अनेकौँ सुधार कदम चालेको छ। त्यस्ता कार्यक्रमले पनि यो बैठकले सबैको ध्यान तानेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय पार्टी स्कूलका प्राध्यापक वाङ ह्वाइ छाउका अनुसार, अहिले सुधार नै चीनको भविष्यसम्बन्धी महत्वपूर्ण विषय रहेको छ। प्राध्यमपक छिन काङको विचारमा सर्वसाधारणको अपेक्षा र मागलाई सम्बोधन गर्नु नै सुधारको प्रथम विषय रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह