फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्यूनिष्ट पार्टीको 18औं केन्द्रीय समितिको तेश्रो पूर्ण बैठकको सफलताको कामना गर्दै नेपालस्थित विभिन्न मैत्री संस्थाका अधिकारीहरुले शुभकामना व्यक्त गनुभएको छ ।

(GMT+08:00) 2013-11-09 18:33:03

      आजदेखि पैचिंगमा सुरु भएको सो बैठकको पूर्ण सफलताको लागि नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डाक्टर हरिश्चन्द्र शाह, नेपाल चीन मैत्री यूवा संघका अध्यक्ष प्रकाशबाबु पौडेल, अरनिको समाजका उपाध्यक्ष डाक्टर मनोजमान श्रेष्ठ, चीनियाँ सूचना केन्द्रका अध्यक्ष दिपक सरकार, नेपाल चीन समाजका अध्यक्ष प्रेम कुमारी पन्त र सी.आर.आई श्रोताक्लवहरुको राष्टिय परिषद् नेपालका महासचिव खेमराज सेढाई रहनुभएको छ ।

      सी.आर.आई मार्फत दिनुभएको शुभकामना सन्देशमा वहाँहरुले नेपालको अत्यन्त घनिष्ट छिमेकी देश चीनमा सुरु हुन लागेको यो बैठकलाई नेपालका मैत्री संस्थाहरुले अत्यन्त महत्वकासाथ हेरिरहेको बताउनुभएको छ । विश्वको दोश्रो ठूलो अर्थतन्त्र भएको मुलुकको रुपमा चीनले निर्वाह गरिरहेको भूमिका र विश्व शान्तिका लागि चीनले दिएको योगदानको उच्च मूल्यांकन गर्दै शुभकामना सन्देशमा समुन्नत एवम् शक्तिशाली चीन र चीनीयाँ जनताको सुखद भविष्यको मार्ग चीत्र प्रदान गर्न चिनियाँ कम्यूनिष्ट पार्टीको 18औं केन्द्रीय समितिको तेश्रो पूर्ण बैठक सफल हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । साथै शुभकामना सन्देशमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा राष्टाध्यक्ष सी.चीनफिंगको कुशल नेतृत्वमा चिनियाँ कम्यूनिष्ट पार्टी र चिनियाँ जनताले भविष्यमा अझ धेरै प्रगति गर्न सक्ने विश्वास समेत व्यक्त गरिएको छ ।

       सन् 1978मा भएको प्लेनममा नेता तङसियाओपिङले चीनलाई खुला अर्थतन्त्रको बाटोमा लैजाने नीति पारित गरेपछि विकास र निर्माणमा छलाङ मार्दै चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ ।

रमेश कुमार भट्टराई

सी.आर.आई, काठमाडौं ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह