फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालसरकारले बन्दलाई असफल बनाउने

(GMT+08:00) 2013-11-10 16:53:28

          नेपाल सरकारले एक करोड 22 लाख नेपाली मतदाताको नैसर्गिक अधिकार संरक्षण गर्नका लागि नेकपा-माओवादीलगायत बहिष्कारवादीले आह्वान गरेको 'नेपाल बन्द असफल बनाउने' घोषणा गरेको छ।

          निर्वाचन बिथोल्न भोलि 25 गतेदेखि आह्वान गरिएको नेपाल बन्दलाई सरकारले 'यथार्थ चुनौती' का रूपमा स्वीकारी निष्फल र निस्तेज पार्ने गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेले बताउनुभयो। यो सरकारले बन्दलाई कुनै पनि मानेमा विफल पार्नेछ,' उहाँले भन्नुभयो, 'बन्दका नाममा एक जना पनि सडकमा उत्र्यो, बाधा पुर्‍यायो भने हामी उठाएर कारबाही गरिहाल्छौं।'

          निर्वाचन सुरक्षामा सरकारको तयारीबारे शनिबार संवाददातालाई 'ब्रिफिङ' गर्दै गृहमन्त्री घिमिरेले चुनाव अवश्यम्भावी भइसकेको बताउनुभो। 'चुनावी माहोलको भेलले बन्दकर्तालाई बगाइदिन्छ,' उहाँले भन्नुभयो। उहाँ निर्वाचन बहिष्कारवादीप्रति निकै आक्रामक देखिनुभएको थियो। 'सारा मतदाताविरुद्ध केही दलले गर्ने बन्द कसैलाई सह्य छैन,' उहाँले भन्नुभयो।

          बन्द विफल पारी चुनाव सम्पन्न गर्न, यस अवधिमा जनजीवन, यातायात र उपभोग्य सामानको आपूर्ति सहज र नियमित पार्न गृह मन्त्रालयले सुरक्षा रणनीतिक मार्गदर्शन- 2070 तयार गरी कार्यान्वयन गरिराखेको जानकारी उहाँले दिनुभयो। घिमिरेका अनुसार मानवीय, सवारी र अन्य क्षतिको क्षतिपूर्ति र औषधोपचारको व्यवस्था पनि गरिएको छ।

          उहाँले विगतका भन्दा यो चुनावमा धेरै गुना कम अपराध र अवरोधजन्य गतिविधि भएको आँकडासमेत प्रस्तुत गर्नुभयो। निर्वाचन सुरक्षामा विशेष ध्यान दिइँदा पछिल्ला तीन महिनामा सबै खाले अपराधमा 70 प्रतिशतले कमी आएको उहाँले बताउनुभयो।

          यो चुनावमा 62 हजार सेना परिचालन गरिने, प्रहरी र सशस्त्र प्रहरीको परिचालन पहिलेभन्दा 20 प्रतिशत बढी हुने, दुई हजार जनाको 'इन्टेलिजेन्स नेटवर्क' परिचालित रहने, पहिलेभन्दा थप तीन हजार मतदानस्थलमा मोटरबाटो पुगिसकेको लगायतका तथ्य उहाँले पेस गर्नुभएको थियो। निर्वाचनमा सेनासँग भएका प्राविधिक सामग्रीसमेत प्रयोगमा ल्याइएको उहाँले उल्लेख गर्नुभयो।

          कान्तिपुर अनलाइनका अनुसार सरकारको चुनावी सुरक्षा रणनीतिअनुसार प्रहरीले भित्री, सशस्त्र प्रहरीले बाहिरी र सेनाले तेस्रो घेरा बनाएर मतदानस्थल, मतदाता र मतपेटिकाको सुरक्षा गर्नेछन्। 'कुनै अप्रिय घटना भयो भने 10 मिनेटदेखि आधा घन्टाभित्रमा मद्दत टोली पुगिसक्ने गरी सुरक्षा व्यवस्था मिलाएका छौं,' उहाँले भन्नुभयो।

          गृहमन्त्री घिमिरेका अनुसार देशभरका 10 हजार 17 मतदान केन्द्रको सुरक्षा व्यवस्था भूगोल, सम्भाव्य चुनौतीलगायत मध्यनजर गरी फरक-फरक ढंगले योजना गरी मिलाइएको छ। सरकारको अनुगमन टोली हरेक मतदान केन्द्रमा यसअघि दुई/तीन पटक पुगिसकेका छन्। निर्वाचन सुरक्षाअन्तर्गत उम्मेदवार, मतदाता, मतपेटिका, कर्मचारीलगातय 15 चिजका लागि सुरक्षा व्यवस्थापन हुनेछ। कहीं पनि कोही जान डर नहुने गरी सुरक्षा व्यवस्था मिलाइसकेको जिकिर उहाँले गर्नुभयो।

           निर्वाचनमा उठेका सबै उम्मेदवार हरेकलाई व्यक्तिगत सुरक्षा दिनसमेत सरकार सक्षम रहेको भन्दै घिमिरेले उम्मेदवार स्वयंले पनि सुरक्षित व्यवहार गर्नुपर्ने सुझाव दिनुभयो। काठमाडौँ उपत्यकाका लागि विशेष सुरक्षा योजना लागू भएको पनि उहाँले बताउनुभयो।

            गृहमन्त्रीले सञ्चार माध्यमलाई उच्च आत्मविश्वासपूर्वक निर्वाचन सुरक्षा व्यवस्थाबारे ब्रिफिङ गरिरहेकै समय शनिबार दिउँसो ताप्लेजुङमा एक चुनावी सभामा अज्ञात समूहले बम प्रहार गर्दा आधा दर्जनभन्दा बढी घाइते भएका थिए। मन्त्रालयले उक्त घटनाबारे गम्भीर अनुसन्धान भइरहेको जनाएको छ। 'घटना कसले गरायो भन्ने विषयमा प्रहरीले नजिकबाट अनुसन्धान गरिरहेको छ, छिट्टै नतिजा निकाल्छौं,' मन्त्रालयका प्रवक्ता शंकर कोइरालाले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह