फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीद्वारा इरानसितको वार्तामा वस्तुगत प्रगति प्राप्त हुने अपेक्षा

(GMT+08:00) 2013-11-11 10:27:31
     अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीका प्रमुख अमानो नोमियाले उहाँको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सी र इरानबीच एघार तारिख तेहरानमा आयोजना हुने वार्ताले वस्तुगत प्रगति हासिल गर्नसक्ने आशा व्यक्त गर्नुभएको छ। सो वार्तामा इरानको आणविक योजनामा रहेको "टड्कारो समस्या" प्रष्ट्याउनसकिने अपेक्षा उहाँले व्यक्त गर्नुभएको छ।

     अमानो नोमियाले तेहरानतर्फ प्रस्थान गर्नुअघि नोभेम्बर दश तारिखका दिन भिएनाको विमानस्थलमा सञ्चार-माध्यमसँग कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो।

     इरान र छ मुलुक अर्थात अमेरिका, बेलायत, फ्रान्स, रुस, चीन र जर्मनीबीचको नयाँ चरणको वार्ता नोभेम्बर दश तारिख विहान सबेरै जेनेभामा सम्पन्न भएको छ। यस चरणको वार्तामा भने खासै उपलब्धि भएन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह