फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरियाली सेनाद्बारा एउटा सैनिक अखडामाथि पुनः फिर्ता

(GMT+08:00) 2013-11-11 10:28:49

     सिरिया सरकारी सेनाले दश तारिखका दिन उत्तरी भागको अलेब प्रान्तमा अवस्थित एउटा सैनिक अखडामाथि पूराका पूरै कब्जा गरी फिर्ता लिएको घोषणा गरेको छ। यसैबीच राजधानी दमस्कसको जर्माना बस्तीमा अवस्थित केही आबास क्षेत्रमाथि जम्मा सातवटा विस्फोटक पदार्थ माइनद्बारा आक्रमण गरिएको छ। त्यसमा एकजना सर्वसाधारण र उनका तीन बच्चाको पनि ज्यान जानुका साथै अन्य एघारजना घाइते भएका छन्।

       प्राप्त अर्को समाचार अनुसार, सिरिया जन संसदका साँसद मुल्होलान्ड जिम साहुको हाल आतंकवादी समूहले हत्या गरेको छ।

      सिरियाको सुरक्षा परिस्थिति बिग्रंदै गएको सिलसिलामा सरकारी पदाधिकारी र सरकारी राजनीतिक गतिबिधिमा संलग्न व्यक्तिहरू लक्षित गोप्य हत्या र अपहरण कारवाई पनि बढ्दै गएको देखिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह