फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इरान तथा अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सी बीच सहयोगात्मक रोड म्याप सम्पन्न

(GMT+08:00) 2013-11-12 17:53:58

     इरानी पारमाणविक उर्जा संगठनका अध्यक्ष अली अखबर सालेही तथा अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीका प्रमुख युकिया अमानोबीच एघार तारिखका दिन तेहरानमा सहयोगात्मक रोड म्याप सम्पन्न भएको छ।

      त्यस रोड म्यापका अनुसार, इरानको केही आणविक प्रबन्धको निरीक्षण गर्न अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीका निरीक्षकलाई छूट दिइनेछ। तर केही समयअघि अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीद्बारा प्रकाशित प्रतिवेदनमा उल्लेखित केही ठोस विषयबारे उक्त रोड म्यापमा चर्चा गरिएको छैन।

      अमानोका अनुसार, उक्त रोड म्याप बमोजिम दुवै पक्षले आपसी सहयोग गर्नुका साथै आगामी तीन महिनाभित्र विविध वास्तविक कदम चाल्ने छन्।

       सोहि दिन इरान र बेलायतले एकअर्काको देशमा गैर-आबासीय कार्यवाहक राजदूत पनि पठाएको छ। त्यसैगरी दौत्य सम्बन्ध विच्छेद गरिएको दुई वर्षपछि दुवै देश बीच कार्यवाहक राजदूतस्तरीय दौत्य सम्बन्ध पुन: शुरु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह