फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो सौल रक्षा सम्झौता-वार्ता शुरु

(GMT+08:00) 2013-11-12 17:54:54

      दोस्रो सौल रक्षा सम्झौता वार्ता बाह्र तारिखका दिन औपचारिक रुपमा शुरु भएको छ। अमेरिका, बेलायत, चीन, जापान र रुस लगायत जम्मा एकाईसवटा मुलुक तथा संयुक्त राष्ट्र संघ, नेटो र यूरोपेली संघ यी तीनवटा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ। प्रतिनिधिहरूले वार्तामा आ-आफ्नो मुलुकको सुरक्षा अवस्था र राष्ट्रिय प्रतिरक्षात्मक नीतिबारे जानकारी दिनुका साथै कोरियाली प्रायद्बीप र एशिया प्रशान्त क्षेत्रको सुरक्षा सम्बन्धी नीति र रणनीतिबारे विचार-विमर्श गर्ने छन्।

      गणतन्त्र कोरियाका राष्ट्रपति पार्क ग्वेन ह्यीले शुभकामना संदेश पठाउँदै सौल रक्षा सम्झौता वार्ताबाट एशिया प्रशान्त क्षेत्रमा शान्ति र साझा समृद्धिका लागि जग बसाल्नसकिने आशा व्यक्त गर्नुभएको छ।

      सौल रक्षा सम्झौता वार्ताको मुख्य उद्देश्य भनेको उपमन्त्री स्तरीय बहुपक्षीय सम्झौता-वार्ता व्यवस्थामार्फत विभिन्न मुलुकका पदाधिकारी र विशेषज्ञहरूलाई क्षेत्रीय शान्ति र सुरक्षा सम्बन्धी वार्ता गर्ने मञ्च उपलब्ध गराउनु हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह