फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा हुने नवौं अन्तराष्ट्रिय प्लास्टिक प्रर्दशनी तथा सम्मेलनमा नेपालले पनि सहभागि हुने

(GMT+08:00) 2013-11-12 19:23:02

     भारतको मुम्बइमा हुन लागेको नवौं अन्तराष्ट्रिय प्लास्टिक प्रर्दशनी तथा सम्मेलनमा नेपालले पनि सहभागीता जनाउने भएको छ। भारतीय प्लास्टिक उत्पादक सङ्घले आगामी डिसेम्बर 12 देखि 16 तारिखसम्म आयोजना गर्ने 'प्लास्टिभिजन' नामक प्रदर्शनीमा नेपालले पनि सहभागिता जनाउने भएको हो।

     प्रदर्शनीको आयोजक सङ्घको उच्चस्तरीय प्रतिनिधिमण्डलले राजधानीमा पत्रकार सम्मेलनमार्फत नेपालका प्लास्टिक उद्यमीहरूलाई प्रदर्शनीमा सहभागीताका लागि आमन्त्रण गरेको छ। सौर्य ऊर्जा, विद्युतीय उपकरण, निर्माण, कृषि प्रविधिलगायतमा समेत प्लास्टिक र प्लास्टिकजन्य वस्तुको उपयोग बढ्न थालेको बताउँदै प्रतिनिधिमण्डलले नवीन प्रविधि तथा व्यवसाय प्रवद्र्धनका लागि प्रदर्शनीमा भाग लिन नेपाली उद्यमीहरूलाई आग्रह गरेको थियो।

     प्लाष्टिभिजन इन्डिया 2013 का अध्यक्ष राजु देसाईले प्रर्दशनीमा चाइना, अमेरिका, युरोप, जर्मनी, इटाली, कोरिया, ताइवान, टर्की, यूकेलगायत 17 देशका प्लास्टिक उद्यमीहरूको सहभागिता रहने जानकारी दिनुभयो। उहाँका अनुसार प्रदर्शनीमा 1 लाख प्रदर्शनकर्ताले सहभागिता जनाउने छन। सङ्घले सन 1992 देखि यस्ता प्रदर्शनी आयोजना गर्दै आएको छ।

     भारतभर अहिले 50 हजार साना, मझौला तथा ठूला प्लास्टिक उद्योग सञ्चालनमा रहेको प्रदर्शनीका अध्यक्ष देसाइले जानकारी दिनुभयो। उहाँका अनुसार भारतीय प्लास्टिक उद्योगमा 90 अर्ब भारतीय रूपियाँ लगानी हुनुका साथै 35 लाखभन्दा बढीले रोजगारी पाएको बताइएको छ। सङ्घमा भारतका 25 हजारभन्दा बढी प्लास्टिक उत्पादक कम्पनीहरूले सदस्यता लिइसकेका छन्।

     कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रदीपजङ्ग पाण्डेले नेपाली प्लास्टिक व्यवसायी प्रदर्शनीमा सहभागी हुने बताउनुभयो। प्रदर्शनी नेपालका लागि नयाँ कुरा सिक्न र अनुभव आदानप्रदान गर्न उपयुक्त स्थल हुने विश्वास व्यक्त गर्नुभयो।

     नेपाल प्लास्टिक उत्पादक सङ्घका अध्यक्ष शैलेन्द्रलाल प्रधानले प्रदर्शनीबाट प्लास्टिकजन्य पदार्थको कारोबार गर्ने व्यवसायी, प्राविधिक, उद्योगी व्यवसायीहरूलाई एउटै छातामुनि ल्याएर अन्तराष्ट्रिय स्तरमा रहेका नयाँ जानकारी तथा अवसर प्रदान गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह