फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको विज्ञप्तिका दश वटा मुख्य विषय

(GMT+08:00) 2013-11-13 09:31:43

      बाह्र तारिख सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले एक विज्ञप्ति सार्वजनिक गरेको छ। विज्ञप्तिमा चीनमा लागू हुने चौतर्फी सुधारको मूल लक्ष्य तथा मुख्य कार्यलाई स्पष्ट पारिएको छ। उक्त विज्ञप्तिका दश वटा मुख्य विषय रहेका छनः

      एक, सुधारको मूल लक्ष्य। चिनियाँ विशेषतायुक्त समाजबादी अवस्थालाई सुधार तथा विकसित पार्दै देशको संचालन प्रणाली तथा क्षमतालाई आधुनिकीकरण गर्नु।

      दुई, सुधारलाई गहन बनाउन निर्देशन टोलीको गठन। केन्द्रीय समितिबाट सुधारलाई गहन बनाउन निर्देशन टोलीको गठन गरेर चीनमा लागू हुने सुधार प्रणाली, व्यवस्था तथा परिचालन एवं कार्यन्वयनलाई जिम्मा दिने।

      तीन, राष्ट्रिय सुरक्षा समितिको गठन। राष्ट्रिय सुरक्षा समितिको गठन गरेर देशको सुरक्षा अवस्था तथा सुरक्षा रणनीतिलाई सुधार गर्दै सम्पूर्ण देशको सुरक्षालाई प्रत्याभूत दिनु।

      चार, श्रोतको बन्दोबस्तमा बजारको निर्णायक भूमिका। आर्थिक अवस्थाको सुधार नै सुधारलाई गहन बनाउने मुख्य क्षेत्र हुन्। सुधारको मुख्य सम्बन्ध सरकार तथा बजार बीचको सम्बन्ध हो। यस सम्बन्धको राम्रोसँग संचालन गरेर श्रोतको बन्दोबस्त गर्ने क्रममा बजारको निर्णायक भूमिका तथा सरकारको भूमिकालाई निर्वाह गरिनुपर्छ।

      पाँच, बित्तीय तथा कर अवस्थाको सुधार।

      छ, कानून वमोजिम मुद्दा चलाउने अधिकारको प्रयोगलाई प्रत्याभूति दिनु।

      सात, सम्पति सम्बन्धी अझ धेरै अधिकार किसानलाई दिनु।

      आठ, सामाजिक अन्तर्विरोधलाई लचिलो पार्ने अवस्था बनाउनु।

      नौ, पर्यावरणिय संरक्षण गर्नु।

      दश, सेनाको व्यवस्था तथा परिचालनको सुधार गर्नु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह