फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावनालाई व्यवहारमा उतारिने

(GMT+08:00) 2013-11-13 12:15:59

      चीनको राज्य परिषद् अन्तर्गत थाइवान मामिला कार्यालयका प्रवक्ता फान ली छिङ्गले तेह्र तारिखका दिन आयोजित नियमित पत्रकार सम्मेलनमा भर्खरै सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट थाइवान जल डमरुका दुई किनारा बीचको सम्बन्धमा प्रभाव पारिने विषयबारे आफ्नो अवधारणा राख्नुभएको छ।

       उहाँका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत थाइवान मामिला कार्यालय र राज्य परिषद् अन्तर्गत थाइवान मामिला कार्यालयले निष्ठापूर्वक चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको भावनालाई व्यवहारमा उतार्नुका साथै निरन्तर रुपमा दुई किनाराबीचको सम्बन्धको विकास र शान्तिका लागि नयाँ भविष्य सिर्जना गर्दैजानेछन्।

      प्रवक्ता फानका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले पूर्ण रुपमा सुधारलाई गहन पार्ने लगायत केही महत्वपूर्ण निर्णय गरेको छ। साथै सुधारलाई गहन पार्ने विषयमा पनि योजना तर्जुमा गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह