फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौतर्फी सुधार योजना तथा आर्थिक अवस्थाको विकास

(GMT+08:00) 2013-11-13 17:22:16

     नोभेम्बर बाह्र तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठकमा केन्द्रीय समितिका महासचिव सी चिनफिङले प्रस्तुत गर्नु भएको कार्य प्रतिवेदनबारे छलफल गरिएको छ। साथै 'चौतर्फी सुधार सम्बन्धी महत्वपूर्ण विषयबारेमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको निर्णय'लाई पनि अनुमोदित गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी स्कूल अन्तर्गत अन्तर्राष्ट्रिय रणनीति अनुसन्धान केन्द्रका उपाध्यक्ष चौ थेनयुङले उक्त बैठकको भावनाको ब्याख्या गर्नुभयो।

       चौतर्फी सुधार योजनाको सन्दर्भमा उपाध्यक्ष चौ थेनयुङले यस योजनाका तीनटा कठिनाइ रहेको बताउनुभयो। ती तीनटा कठिनाइ यस प्रकार छन् एक, चौतर्फी, मिलीजुली, सामान्जस्य सिर्जनाको चुनौति। दोस्रो, लामो अवधि। दश वर्ष अथवा सात वर्षका लागि सुधार योजना। तीन, देखा परेका समस्याहरु पहिलेभन्दा अझ जटिल र कठिन छन्।

      सामनजस्यताको कठिनाइ तीनटा छन्: सुधारमा देखा परेका अवरोध, अन्तर्राष्ट्रिय प्रणालीसँगको सम्बन्ध र सुधारप्रति मानिसहरुको विचार।

      आर्थिक अवस्था सुधारको सम्बन्धमा चौ थेनयुङले औंल्याउनुभयोः यस सुधारको मुख्य विषय सरकार तथा बजार बीचको सम्बन्ध राम्रो बनाइ बजारको अझ ठूलो भूमिका निर्वाह गराउनु रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह