फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिद्वारा आर्थिक परिपाटीको सुधारलाई बजारमुखी र केन्द्रिय विषय

(GMT+08:00) 2013-11-13 16:47:21

      चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक 12 तारिखका दिन पैचिङमा सम्पन्न भयो। चीनको नयाँ सुधारमा आर्थिक परिपाटीको सुधारले पनि अग्रणी भूमिका खेलेको छ। बैठकको विज्ञप्तिले बजारको निर्णायक भूमिकालाई पहिलो पटक स्पष्ट पारेर सार्वजनिक स्वामित्व र गैर-सार्वजनिक स्वामित्व अर्थतन्त्र दुबै समाजवादी बजारमुखी अर्थतन्त्रको महत्वपूर्ण भाग भएको कुरामा जोड दिएको छ। बजारमुखी सुधार अझ गहन हुने अपेक्षा बाह्य पक्षले पनि गरेको छ। अब यस विषय सम्बन्धी थप विवरण सुन्नुहोस्-

      सुधार र खुलापन लागू गरेको 35 वर्षमा चीनको आर्थिक विकास नयाँ चरणमा प्रवेश गरेको छ। तर अर्थतन्त्रको जैविक शक्ति कमजोर रुपमा देखापर्नु एक महत्वपूर्ण अन्तर्विरोध हो। मूलतः उक्त समस्याको समाधान गर्न अझ गहिरो तहबाट कारण खोजिनुपर्छ। राष्ट्रिय विकास तथा सुधार समितिअन्तर्गत परिपाटी तथा प्रशासन अनुसन्धान व्यूरोका प्रमुख ने काउ मिनले यसरी जानकारी दिनुभयो—

     "अर्थतन्त्रको विकास गर्न शक्ति, प्रोत्साहन र उत्प्रेरणा चाहिन्छ। यस शक्ति र उत्प्रेरक सरकार होइन बजारका भूमिका निर्वाहकर्ता हुन्। आर्थिक विकासको जैविक शक्तिलाई कायम राख्न बजारका भूमिका निर्वाहकर्ताको अधिकार, निष्पक्ष प्रतिस्पर्धाको सुरक्षा गर्नुपर्छ। जसबाट बजारका हिस्सेदारले व्यवसायको सिर्जना र विकासको सक्रियतालाई प्रोत्साहित गर्न सक्छन्।"

      चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले आर्थिक परिपाटीको सुधारमार्फत सरकार र बजारको सम्बन्धको सामना गरेर संसाधन निर्धारणमा बजारले निर्णायक भूमिका खेल्न लगाएको छ। जसबाट विभिन्न स्वामित्वको बजारका व्यवसायले समान रुपमा प्रतिस्पर्धामा भाग लिनसक्छन्।

      संसाधन निर्धारणमा बजारलाई कसरी निर्णायक भूमिका खेल्न लगाउने? विज्ञप्तिका अनुसार, एकीकृत,खुल्ला, क्रमशः प्रतिस्पर्धात्मक आधुनिक बजार प्रणालीको निर्माण आधार हो। त्यसपछि चीनले व्यवसायले स्वतन्त्र रुपमा व्यवस्थापन, स्वस्थ प्रतिस्पर्धा, उपभोक्ताले स्वतन्त्र छनौट तथा उपभोग, सामान र तत्वको स्वतन्त्र परिचालन, समान रुपमा आदान-प्रदान गर्ने आधुनिक बजार प्रणालीको निर्माणलाई तीव्र पार्नेछ। यसले सुधार र पूरा बजार प्रणालीको निर्माणका लागि उपयुक्त उपाय दिएको प्रमुख नेले बताउनुभएको छ।

      त्यसबाहेक उक्त विज्ञप्तिका अनुसार, सरकार र बजारको सम्बन्ध राम्ररी विकास गर्नु आर्थिक परिपाटीको सुधारको केन्द्रिय विषय हो। त्यसैले सरकारी क्रियाकलाप परिवर्तन गर्नु, प्रशासनिक परिपाटीको सुधारलाई गहिरो पार्नु र प्रशासनिक तरिकाको नयाँ सिर्जना गर्नुपर्छ। जसबाट हेर्दा भविष्यमा चीनले प्रशासनिक परिपाटीको सुधारमार्फत् सरकारी क्रियाकलाप परिवर्तन गरेर आर्थिक विकासमा सरकारले अझ राम्रो भूमिका खेल्ने अठोट गरेको प्रमुख नेले व्यक्त गर्नुभएको छ।

      35 वर्षे सुधार र खुलापनद्बारा विकास नै चीनका सबै समस्याको समाधान गर्ने केन्द्रिय विषय हो भन्ने कुरा पुष्टि गरिएको छ। आर्थिक निर्माणलाई केन्द्र बनाएर आर्थिक परिपाटीको सुधारले राम्रो भूमिका खेलेमा चिनियाँ अर्थतन्त्र र समाजको दिगो र स्वस्थ विकासलाई अगाडि बढाउन सकिन्छ। यस फैसलाको आधारमा सुधारलाई गहन पार्न चिनियाँ कम्युनिष्ट पार्टीले आर्थिक परिपाटीको सुधारलाई सबैभन्दा महत्वपूर्ण विषय बनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह