फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खरिद मूल्यको अभिलेख 3 दिनभित्र राख्न कालिमाटीका व्यवसायीलाई निर्देशन

(GMT+08:00) 2013-11-13 18:51:15

     वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कालीमाटी तरकारी बजारका व्यापारीलाई खरिद मूल्यको अभिलेख 3 दिनभित्र राख्न निर्देशन दिएको छ। तरकारी व्यापारीले खरिद मूल्यको अभिलेख नराखी बढी मूल्य लिएको र नापतौल प्रमाणपत्र नभएको पाएपछि विभागको अनुगमन टोलीले तत्काल खरिद मूल्यसहितको अभिलेख राख्न निर्देशन दिएको हो।

      मंगलबार तरकारी बजार अनुगमनका क्रममा अधिकांश व्यापारीसँग खरिद मूल्यको विवरण नभएको र बिक्री बिलसमेत जारी नगरेको पाइएको विभागले जनाएको छ।

      विभागका शाखा अधिकृत विष्णुप्रसाद रेग्मीको संयोजकत्वमा गएको टोलीले एक दर्जनभन्दा धेरै पसल अनुगमन गरी अधिकांश पसललाई 3 दिनभित्र व्यवसायका लागि आवश्यक सम्पूर्ण कागजपत्र लिएर उपस्थित निर्देशन दिएको हो। कालीमाटी फलफूल तथा तरकारी बजार स्टल नम्बर 525, अमृत सब्जी भण्डार स्टल नम्बर 510, कालीमाटी फलफूल तथा तरकारी बजार 599, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा समेत कैफियत देखिएको छ।

      टोलीले समितिलाई खरिद मूल्य संकलन गर्नुपर्ने तथा समितिअन्तर्गत खरिद बिल र बिक्री बिलको व्यापार गर्ने व्यवसायीलाई बिलविजक जारी गर्न निर्देशन दिएको छ। कुलेश्वर कालीमाटी, बल्खुलगायतका स्थानका खुद्रा तथा तरकारी व्यापारीले बजार मूल्यभन्दा बढी लिएको, बिल जारी नगरेको, नापतौलको प्रमाणपत्रबिनै कारोबार गरेको, व्यवसाय दर्ता नगरी कारोबार गरेको जस्ता कैफियत पाएपछि सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह