फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अर्थतन्त्र प्रणालीको सुधार र राजनैतिक प्रणालीको सुधारलाई समन्वय गरिनुपर्ने विज्ञको भनाइ

(GMT+08:00) 2013-11-14 14:30:41

       चिनियाँ राज्य परिषदको विकास अध्ययन केन्द्र अन्तर्गत समग्र आर्थिक अनुसन्धान विभागका विशेषज्ञ चाङ ली छ्वुङले हिजो तेह्र तारिखमा बजारमुखी अर्थतन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि चिनियाँ सरकारले आफ्ना कार्यक्रमलाई विशिष्टता दिनुपर्ने बताउनुभयो।

       चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा सुधारलाई चौतर्फी रुपमा गहन पार्नेकुरामा गहन छलफल भएको बैठकपछि जारी विज्ञप्ति उल्लेख गरिएको छ। विशेषज्ञ चाङले सो विज्ञप्तिमा उल्लेख गरिएको सुधारको उद्देष्य स्पष्ट भएको र सोबाट सुधारमा धेरै ठूलो प्रगति प्राप्त हुने जानकारी दिनुभयो। उहाँले यस पटकको बैठकमा तर्जुमा गरिएको निर्णय-पत्रमा विभिन्न क्षेत्रको सुधार बीचको सम्बन्धलाई मिलाइएको बताउँदै अर्थतन्त्र प्रणालीको सुधार र राजनैतिक प्रणालीको सुधारलाई समन्वय गरिएको बताउनुभयो। उहाँले सो निर्णय-पत्रमा विभिन्न क्षेत्रको सुधारको मुख्य विषयलाई पनि स्पष्ट रुपमा प्रस्तुत गरिएको औंल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह