फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्रोत-साधनको बन्दोबस्तमा बजारको शक्तिलाई प्राथमिकता

(GMT+08:00) 2013-11-14 14:31:13

         चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले "सुधारलाई चौतर्फी रुपमा गहन बनाउने र त्यस कार्यमा आउने महत्वपूर्ण समस्याहरुको सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय"लाई लेखाजोखा गरी पारित गरेको छ। सो निर्णयले आगामी दश वर्षमा चीनको सुधार तथा खुलापन र विकासबारे मुख्य योजना बनाएको र आर्थिक परिपाटीको सुधारलाई चौतर्फी रुपमा गहन बनाउने महत्वपूर्ण बिन्दु रहेको औंल्याएको छ। चिनियाँ सामाजिक बैज्ञानिक प्रतिष्ठानअन्तर्गत बैंकिङ अनुसन्धान केन्द्रका प्रमुख वाङ्ग को काङ्गले बजारको शक्तिद्बारा श्रोत-साधनको बन्दोबस्तको निर्णय गर्ने विषय यस पटकको आर्थिक सुधारमा सबैभन्दा महत्वपूर्ण हुने कुरा व्यक्त गर्नुभएको छ।

          चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न पछि जारी विज्ञप्तिका अनुसार आर्थिक परिपाटीको सुधारका मुख्य विषय चाहिँ सरकार तथा बजार बीचको सम्बन्धलाई सामन्वय गरी अझै प्रभावकारी बनाउनु रहेको छ। वाङ्ग को काङ्गले यसबाट भविष्यमा सुधारको क्रममा श्रोत-साधनको महत्वपूर्ण भूमिकालाई जोड दिनुपर्ने र मूल्य समायोजनमा बजारको भूमिका सकारात्मक निर्वाह गर्नुपर्ने कुरामा प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह