फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय व्यवस्थापन परिपाटीमा आर्थिक तथा राजैतिक विषय

(GMT+08:00) 2013-11-14 14:31:44

       राष्ट्रिय सूचना केन्द्रको समष्टिगत आर्थिक विषयका विशेषज्ञ वाङ्ग युआन हुङ्गले गत बाह्र तारिख पैचिङ्गमा बोल्दै चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा प्रस्तुत भएको राष्ट्रिय व्यवस्थापन परिपाटीमा आर्थिक, राजनैतिक तथा सामाजिक आदि विषय समेटिएको बताउनुभयो।

        विशेषज्ञ वाङ्गले आर्थिक विषय नमूना बनाउँदै बित्तीय प्रणाली, बित्तीय नियम, बैंकिङ प्रणाली तथा सामाजिक प्रत्याभूति प्रणाली जस्ता सर्वसाधारणका चासोका विषयलाई एउटा पूर्ण परिपाटीमा सम्पन्न भएको बताउनुभयो। बैठकले यस्तै प्रणाली तथा नियममा सुधार गर्ने कुराले वर्तमान परिपाटीमा विकाससँग नमिल्ने कारक-तत्व हटाउनुका साथै राष्ट्रिय व्यवस्थापन क्षमता उकास्नका लागि एउटा अपेक्षाकृत राम्रो आधार बसाल्नसक्ने कुरा पनि उहाँले औँल्याउनुभयो।

        नयाँ सरकारी योजनामा अब प्रकाशित हुने आर्थिक क्षेत्रको सामञ्जस्यबारे चर्चा गर्दै विशेषज्ञ वाङ्ग युआन हुङ्गले व्यवस्थापन परिपाटी तथा व्यवस्थापन क्षमतासित सम्बन्धित भएको प्रष्ट पार्नु भएको छ। सुधार कार्यको कार्यान्वयनमा भविष्यमा मुख्य ब्याजदर, विनिमय दर तथा पूँजी बजार जस्ता क्षेत्रमा पछि उत्पादित कारक-तत्व विषय हुने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह