फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बजारको निर्णय भूमिकालाई जोड दिनु बजारलाई सर्वशक्तिमान स्वीकार नगरिएको विशेषज्ञको भनाइ

(GMT+08:00) 2013-11-14 14:32:19

          चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक गत बाह्र तारिख दिउँसो पैचिङमा सम्पन्न भएको छ। बैठकपछि जारी गरिएको विज्ञाप्ति अनुसार, आर्थिक प्रणालीको सुधार नै सुधारलाई चौतर्फी रुपमा गहन पार्ने मुख्य विषय रहेको छ। सो विषयको केन्द्रीय भागमा सरकार र बजारबीचको सम्बन्ध राम्रो बनाएर स्रोत निर्धारणमा बजारको निर्णय भूमिका निर्वाह गर्न दिने र सरकारको भूमिकालाई अझै राम्रो बनाउने उल्लेख गरिएको छ। चीन सरकारले बजारको निर्णय भूमिकाबारे उल्लेख गरेको यो पहिलो पटक हो।

         छिङ ह्वा विश्वविद्यालयका राष्ट्रिय अवस्था अध्ययन केन्द्रका प्रमुख हु आन काङका अनुसार, चीनको बजार अर्थतन्त्र विकास भएको बीस वर्षलाई चीनले समाजबादी बजार आर्थिक प्रणाली स्थापना गरेको अवधि मानिएको छ। हालसम्म चीनका 95 प्रतिशत सामान र सेवालाई बजारको आपूर्ति-माग सम्बन्धले निर्णय गरेको छ।

         बजारबाहेक यो बैठकले वैज्ञानिक रुपमा समष्टिगत समन्वय र प्रभावकारी रुपमा सरकारी शासनको निर्णय पनि गरेको छ। विशेषज्ञ हु आन काङका विचारमा यो नै समाजबादी बजार आर्थिक प्रणालीलाई मुख्य रुपमा विकास गर्ने आन्तरिक माग हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह